104
बुटवल । गुल्मी जोहाङ रूपन्देही सम्पर्क समाजले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि रु. ५१ हजार सहयोग गर्ने निर्णय गरेको छ।
समाजका अध्यक्ष फर्सुराम भण्डारीको अध्यक्षतामा २०८३ साल भदौ १४ गते बसेको बैठकले भदौ २० गते आयोजना गर्ने भनिएको तीज मिलन कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो।
कार्यक्रममा हुने खर्च कटौती गरी रु. ५१ हजार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको समाजका सचिव अर्जुन ज्ञवालीले जानकारी दिए।
विपद्को समयमा मनोरञ्जनात्मक कार्यक्रमभन्दा बाढीपीडितको राहत तथा उद्धारलाई प्राथमिकता दिँदै समाजले तीज मिलन कार्यक्रम स्थगित गरेको जनाएको छ। समाजको यो निर्णयले विपद्मा परेका नागरिकप्रति सामाजिक उत्तरदायित्व र मानवीय सहयोगको भावना झल्काएको छ।

