२४ घण्टामा देशभर सवारी दुर्घटनामा ३ को मृत्यु, ७२ जना घाइते

by समतल अनलाइन
32Shares

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने ७२ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा गण्डकीमा २ जना र काठमाडौँ उपत्यकामे एक जनाको मृत्यु भएको छ ।
त्यस्तै देशभर भएका दुर्घटनामा ७२ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ११ जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा ११ जना घाइते भएका छन् । त्यस्तै कोशीमा १५ जना, बागमतीमा ५ जना घाइते भएका छन् भने लुम्बिनीमा १६ जना, सुदूरपश्चिममा १० जना, गण्डकीमा एक जना र कर्णालीमा ३ घाइते भएका छन् ।

You may also like