सिरहाको गोलबजारमा गोली लागेर ज्यान गुमाएका गणेशको शव परिवारलाई हस्तान्तरण

by समतल अनलाइन
28Shares

सिरहा । सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा गोली लागेर मृत्यु भएका गणेश यादवको शव परिवारलाई हस्तान्तरण गरिएको छ ।

सिरहाको औरही गाउँपालिका-२ तुलसीपुरस्थित परिवारलाई शनिबार साँझ शव हस्तान्तरण गरिएको हो । धरानमा पोस्टमार्टम गरिएका उनको शव शनिबार साँझ नेपाली सेनाको हेलिकप्टरमार्फत् ल्याएर परिवारलाई हस्तान्तरण गरिएको छ ।

गणेशको आजै गागन खोला किनारमा दाहसंस्कार गर्ने तयारी भएको परिवारजनले बताएका छन् ।

बिहीबार भएको प्रदर्शनमा गोली लागेर यादवको निधन भएको थियो ।

You may also like