जंगली जनावर नियन्त्रणका लागि राखिएको विद्युतीय करेन्टमा परेर श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ

by समतल अनलाइन
65Shares

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका–५, मन्टारीमा जंगली जनावर (बँदेल) नियन्त्रण गर्न बारीमा प्रवाह गरिएको विद्युतीय करेन्टमा परेर एक महिलाको मृत्यु भएको छ।

प्रहरीका अनुसार ६६ वर्षीय भेषराज भण्डारीले आफ्नै घरदेखि करिब १५० मिटर टाढा रहेको बारीमा बिजुलीको पोलबाट अवैध रूपमा विद्युतीय करेन्ट प्रवाह गरेका थिए। सोही करेन्टमा परेर उनकी करिब ६० वर्षीया श्रीमती हुमकला भण्डारी गम्भीर घाइते भएकी थिइन्।

घाइते हुमकलालाई उपचारका लागि जिल्ला अस्पताल तम्घास लगिएको थियो। उपचारकै क्रममा चिकित्सकले बुधबार बिहान करिब ३:३० बजे उनलाई मृत घोषणा गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र वीर विश्वकर्माका अनुसार घटनापछि विद्युतीय करेन्ट प्रवाह गर्ने भेषराज भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

You may also like