काठमाडौं । कञ्चनपुर, सिरहा र झापाबाट जबरजस्ती करणीको आरोपमा तीन जना पक्राउ परेका छन्। कञ्चनपुरको पुनर्वास नगरपालिका–५ ग गाउँका ५९ वर्षीय सुका डौडेलाई १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। उनीविरुद्ध परेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
त्यस्तै सिराहाको कर्जन्हा नगरपालिका–४ का ३५ वर्षीय दिलिप सदालाई २२ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा गए राति पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीविरुद्ध परेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
त्यसैगरी झापाको बिर्तामोड नगरपालिका–३ बिर्ताबजारका २९ वर्षीय प्रवृन्ड राउतलाई १७ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा सोमबार राति पक्राउ गरिएको छ । उनीविरुद्ध परेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । यी सबै घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको प्रहरीले छ ।


