सांसद सागर ढकाल सवार गाडी दुघर्टना

by समतल अनलाइन
104Shares

रूपन्देही । गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद सागर ढकाल सवार गाडी दुर्घटनामा परेको छ । शुक्रबार उनी चढेको गाडी दुर्घटनामा परेको हो । गुल्मीका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी विरेन्द्र विश्वकर्माले रेसुङ्गा नगरपालिका–४ अर्खलेमा गाडी दुर्घटना भएको र अवस्था सामान्य रहेको जनाए ।

त्यहाँस्थित पत्रकार महासंघ गुल्मीका अध्यक्ष अनिल खत्रीले घटना सामान्य रहेको जनाए ।पार्टीको अधिवेशनका लागि ढकाल जिल्ला पुगेका थिए ।

You may also like