अर्धनग्न तस्वीर लीक भएपछि यी नायिका भइन भाइरल, भनिन् यस्तो

by समतल अनलाइन

साउथ मूभिजकी चर्चित नायिका रम्या पान्डियन आफ्नो अर्थनग्न तस्वीरका कारण अहिले चर्चामा छिन् ।

उनले हालै आफ्ना केही तस्वीरहरू इन्स्टाग्राममा शेयर गरेकी थिइन् । तस्वीर शेयर गरेको केही समयपछि ‘न्यूड’ तस्वीर भाइरल भएको छ । यद्यपी उनले त्यो तस्वीर ‘फेक’ भएको प्रतिक्रिया दिएकी छन् ।

‘फेक’ भनिएको तस्वीरमा उही तस्वीर छ, जसन रम्याले आफ्नो इन्स्टाग्राममा शेयर गरेकी छन् । ट्रोलर्सले उनको तस्वीरलाई तोडमोड गरी ‘सेमी न्यूड’ बनाएर भाइरल गरेको बताइएको छ ।

रम्याले आफ्नो इन्स्टाग्राममा ब्लू साडी पहिरिएर खिचिएको तस्वीरहरू शेयर गरेकी थिइन् । उनी यी तस्वीरहरूमा सिम्पल लुक तथा ग्लामरस पोजमा देखिएकी छन् ।

एक रिपोर्टको अनुसार, भाइरल भएको तस्वीरमा रम्या आपत्तिजनक अवस्थामा छिन् ।

यो तस्वीरमा रम्याले कसैले आफ्नो फेक आईडी बनाई त्यस आईडीबाट यस्तो आपत्तिजनक तस्वीर शेयर गरेको बताएकी छन् ।

रम्याले त्यस्तो मानिसबारे प्रहरीका उजुरी दिने चेतावनी दिएकी छन् । उनले सामाजिक सञ्जालमा उनको सबै फेक तस्वीर हटाउन अनुरोध गरेकी छन् ।

 
 
  
 

You may also like