जिल्ला स्तरीय एभरेष्ट भलिवलमा क्वाटर र सेमिफाईनल खेल सम्पन्न

by समतल अनलाइन

बुटवल । रुपन्देहीको बुटवलमा जारी सातौँ एभरेष्ट कप जिल्ला स्तरीय छात्रछात्रा भलिबल प्रतियोगिता अन्तरगत बुधबार क्वाटरफाईनल र सेमिफाईनलका खेलहरु भएका छन् ।

प्रतियोगिता अन्तरगत बुधबार छात्रातर्फ क्वाटरफाईनल र सेमिफाईनल तथा छात्रतर्फ क्वाटरफाईनलका खेलहरु भएका हुन् । एभरेष्ट माध्यमिक विद्यालय सुख्खानगरको प्राङ्गणमा बुधबार मात्र एक दर्जनबढी खेलहरु सम्पन्न भएका छन् ।

प्रतियोगिता अन्तरगत छात्रातर्फ एभरेष्ट माविले अक्सफोर्ड माविलाई २-० को सेटमा, बुद्ध पब्लिकले न्यू इभाइरन्मन्टलाई २-१ को सेटमो, न्यू होराइजनले दीप बोर्डिङलाई २-० को सेटमा, नव ज्योतिले सिद्धार्थ बोर्डिङलाई २-० को सेटमा हराएका हुन् । प्रतियोगितामा विजयी समुह अघिल्लो चरणमा प्रवेश गरेका छन् । त्यसैगरी छात्रा तर्फको सेमिफाइनलमा एभरेष्टले नव ज्योतीलाई र बुद्ध पब्लिकले होराइजनलाई सोझो सेटमा हराएर फाइनलमा प्रवेश गरेका छन् ।

छात्र तर्फको भलिबलमा न्यू लाइटले जनज्योतीलाई २-० ले, मणिमुकुन्दले प्रगति मा. वि लाई २-० ले, देवदह मा. विले न्यू इन्भाइरन्मन्टलाई २-० ले, सिद्धार्थ बोर्डिङले कुँवरवर्तीलाई २-० ले, दिप बोर्डिङले अक्सफोर्डलाई २–० ले र न्यू होराइजनले कालिका मानवज्ञानलाई २-० को सोझो सेटमा हराउदै अघिल्लो चरणको यात्रा तय गरेको खेल संयोजक अर्जुन घिमिरे जानकारी दिए ।

प्रतियोगितामा छात्रछात्रातर्फका बाँकी केही क्वाटर, सेमिफाईनल खेल बुधबार हुने छन् भने फाईनल प्रतियोगिता पनि बुधबार नै हुने घिमिरेले बताए । प्रतियोगितामा विजयी हुने विद्यालय समुहले छात्र÷छात्रातर्फ नगद २०/२० हजार प्राप्त गर्ने छन् भने उपविजेताले १५/१५ हजार नगद, शिल्ड तथा प्रमाणपत्र हात पर्ने छन् ।

त्यसैगरी तृतिय हुने समुहले १०/१० हजार नगद शिल्ड तथा प्रमाणपत्र हात पान आयोजक विद्यालयका सहायक प्रिन्सिपल भिमसेन गौतमले जानकारी दिए ।

 
 
  
 

You may also like