डिजेल र मट्टीतेलको बढ्यो भाउ, कति पुग्यो ?

by समतल अनलाइन

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य समायोजन गरेको छ ।
निगमका निर्देशक तथा प्रवक्ता वीरेन्द्र गोइतले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँले वृद्धि गरी मूल्य समायोजन गरिएको जानकारी दिए ।

उनले पेट्रोलियम पदार्थको नयाँ अन्तर्राष्ट्रिय बजार मूल्य बढेकाले नेपालमा पनि पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्य्विधि, २०७१ अनुसार मूल्य बढाइएको जानकारी दिए ।

निगमले डिजेल र मट्टीतेलको खुद्रा मूल्य वृद्धि गरे पनि पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत् नै राखिएको उनले जानकारी दिए । निगमले यसअघि गएको मंसिर १६ गते पनि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको थियो ।

उनका अनुसार मूल्य समायोजन गरेपश्चात् नेपालतर्फको वीरगञ्ज नाकाको तुलनामा भारतको रक्सौलमा कायम भएको पेट्रोलको खुद्रा बिक्री मूल्य २० रुपैया ४१ पैसा प्रतिलिटरले सस्तो र डिजेलको खुद्रा बिक्री मूल्य १७ रुपैयाँ र १६ पैसा प्रतिलिटरले नेपालतर्फ सस्तो हुन गएको छ ।

 

 
 
  
 

You may also like