खेलकुद क्षेत्रको विकास र प्रवर्द्धनमा चुन्नप्रसाद पौडेलको उल्लेखनीय योगदान

by समतल अनलाइन
85Shares

बुटवल । उद्योग, व्यापार, स्वास्थ्य, पर्यटन तथा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका चुन्नप्रसाद शर्मा पौडेलले खेलकुद क्षेत्रको विकास र प्रवद्र्धनमा समेत उल्लेखनीय योगदान पु¥याउँदै आएका छन् । विसं २०७२ सालदेखि उनले यस क्षेत्रको खेलकुद विकास, विस्तार र संरक्षणका लागि निरन्तर आर्थिक तथा नैतिक सहयोग गर्दै आएका छन् ।

रुपन्देहीको चर्चित फुटबल प्रतियोगिता तिलोत्तमा गोल्डकप २०७२ सालदेखि नै पौडेलको आर्थिक सहयोगमा सम्पन्न हुँदै आएको छ । जिल्ला फुटबल संघ रुपन्देही (एन्फा)का पूर्व अध्यक्ष दीर्घबहादुर (कुमार) केसीका अनुसार पौडेलले प्रतियोगिता सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।

फुटबल मात्र होइन, भलिबल, क्रिकेट, ब्याडमिन्टन लगायत विभिन्न खेलकुद गतिविधिमा पनि उनले निरन्तर सहयोग पु¥याएका छन् । स्थानीयदेखि राष्ट्रिय स्तरसम्म आयोजना हुने प्रतियोगिताहरूमा उनको योगदान उल्लेखनीय रहँदै आएको छ ।

विसं २०७३ सालदेखि रुपन्देहीको फुटबल टिम करेन्ट रुपन्देही ११ पौडेलकै लगानीमा सञ्चालनमा आएको थियो । यशोधा फूड्सको उत्पादन ‘करेन्ट चाउचाउ’को नामबाट स्थापित उक्त टिमले विभिन्न राष्ट्रिय प्रतियोगितामा रुपन्देहीको प्रतिनिधित्व गरेको थियो । सोही वर्ष बाँकेको नेपालगन्जमा आयोजित टुर्बोग नेपालगन्ज गोल्डकपमा विजेता बन्न सफल भएको थियो ।

त्यस्तै, झापामा आयोजित सुरुङ्गा गोल्डकपमा उपविजेता बनेको करेन्ट रुपन्देही ११ ले उदयपुरमा सम्पन्न नारदमुनी गोल्डकपमा पनि उपविजेताको सफलता हासिल गरेको थियो । साथै, २०७४ सालमा सम्पन्न झापा गोल्डकप, सूर्यनगर गोल्डकप (नवलपरासी) तथा नेपालगन्ज गोल्डकपमा समेत टिमले सहभागिता जनाउँदै उत्कृष्ट प्रदर्शन गरेको थियो ।

लन टेनिस संघ रुपन्देहीका पूर्व अध्यक्ष तथा नेपाल टेनिस संघका केन्द्रीय सदस्य गोपाल ज्ञवालीका अनुसार बुटवलमा आयोजना हुने प्रायः सबैजसो खेलकुद गतिविधिमा पौडेलको कुनै न कुनै रूपमा साथ र सहयोग रहने गरेको छ । २०७२ सालदेखि सुरु भएको उनको सहयोग अहिले पनि निरन्तर जारी रहेको छ ।

नेपाली काँग्रेसका महासमिति सदस्य समेत रहेका चुन्नप्रसाद शर्मा पौडेल यहि फागुन २१ गते हुन गईरहेको प्रतिनिधी सभा सदस्य निर्वाचनमा रुपन्देहीको क्षेत्र नं. २ मा नेपाली काँग्रेसबाट उम्मेद्वार बनेका छन् । प्रतिनिधि सभाको निर्वाचनमा विजयी भएपश्चात खेलकुद क्षेत्रमा लागेका युवाहरूको सुझावका आधारमा खेलकुदको विकास, विस्तार, खेलाडी उत्पादन तथा खेलमैदान निर्माणमा प्राथमिकता दिने पौडेलको प्रतिबद्धता रहेको छ ।

कुनै औपचारिक नेतृत्व पदमा नरहेकै अवस्थामा पनि खेलकुदप्रति गहिरो लगाव राख्दै आएका पौडेलले प्रतिनिधि सभामा प्रवेशसँगै खेल क्षेत्रको संरक्षण र प्रवद्र्धनमा थप प्रभावकारी भूमिका निर्वाह गर्ने खेलकुदको क्षेत्रमा नेतृत्वमा रहेकाहरुले आशा र विश्वास गरेका छन् ।

उद्योग, व्यापार, पर्यटन र सेवामूलक क्षेत्रमा दीर्घ अनुभव हासिल गरेका पौडेल सफल व्यवसायी नेताका रूपमा परिचित छन् । उनका स्वामित्व तथा व्यवस्थापनमा सञ्चालनमा रहेका विभिन्न प्रतिष्ठानमार्फत ५ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् । भने हजारौं व्यवसायिक कर्ममा जोडिएका छन् ।

You may also like