रास्वपा काठमाडौँ-५ का संस्थापक क्षेत्रीय संयोजक सहित १४ जनाको सामूहिक राजीनामा

by समतल अनलाइन
64Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौँ-५ का संस्थापक क्षेत्रीय संयोजकसहित १४ जनाले सामूहिक राजीनामा दिएका छन्।

राजीनामा दिनेमा संस्थापक क्षेत्रीय संयोजक मधुसुधनध्वज खड्का, बुनपा–३ का नगर प्रतिनिधि राम श्रेष्ठ, बुनपा–३ की जया श्रेष्ठ, बुनपा–४ का सदस्य समिप घले र कवि थापा मगर रहेका छन् ।
यसैगरी बुनपा–७ की वडा पदाधिकारी प्रतिभा सेढाई, बुनपा–७ का सदस्य किरण थापा, टोखा क्षेत्रका सदस्य चिरञ्जिवी अधिकारी, लेखा सदस्य सुजना बस्नेत र शोभा सुवेदीले पनि पद त्याग गरेका छन्। बुनपा–४ का प्रभात महर्जन, राजेश थापा, माधव थापा मगर तथा अञ्जना बोगटीले समेत राजीनामा दिएका छन् ।

राजीनामा पत्रमा प्रतिनिधिसभा उम्मेदवार छनोटको आवरणमा आर्थिक अनियमितता भएको आरोप नेतृत्वमाथि लगाइएको छ। साथै लोकतन्त्र र सुशासनको वातावरणमा देश निर्माण गर्ने उद्देश्यमा पार्टीले आघात पुर्‍याएको उल्लेख गरिएको छ।

स्थानीय तहका गतिविधिबाट निराश भएको जनाउँदै उनीहरूले आजैबाट राजीनामा दिएको बताएका छन्।

You may also like