लायन्स क्लब अफ बुटवल तिलोत्तमाको २६औँ चार्टर नाइट, ब्लड बैंक र सामाजिक सेवामा जोड

by समतल अनलाइन
45Shares

बुटवल।लायन्स क्लब अफ बुटवल तिलोत्तमाको २६ औ चार्टर नाईट बुधबार सम्पन्न भएको छ । कार्यक्रमको एक समारोहका बिच लायन्स डिष्ट्रिक ३२५ पि का डिष्ट्रिक गभर्नर बालाराम भट्टराईले क्लब सचिवालयमा उदघाटन गर्दै विश्वमा लायनबादको उदयको बारेमा प्रकाश पारे । ‘हामी सेवा गर्छौ ।’ भन्ने नारासहित स्वस्थ्य, शिक्षाको क्षेत्रमा महत्वपूर्ण काम गर्दै आएको उनले बताए । लायन्सको संस्थापकहरुले सयौ वर्षअघि देखेको सपना पुरा गर्न विश्वकै लायन्स क्लबहरुबाट धेरै मेहनत र निरन्तरता दिएको स्मरण समेत गरे ।

टियुमा लायन्सको अगुवाईमा ब्लड बैक स्थापना भएको स्मरण गर्दै बुटवलमा पनि ब्लड बैक स्थापना गर्ने काम, अटिजन क्षेत्रमा राम्रो बजेट बिनियोजन भएको उनले बताए ।

कार्यक्रममा क्लबका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले ३९ जना संस्थापक सदस्य रहेको क्लबको स्थापना र हालसम्म गरेको सामाजिक गतिविधिबारे जानकारी दिए । कार्यक्रममा क्लबमार्फत प्रगति माबिलाई १ लाख १ हजार १ सय ११ रुपैयाको अक्षयकोष स्थापना गरि रकम हस्तान्तरण गरिएको छ । यसैगरि बुटवलमा ब्लड बैक स्थापनाका अभियानलाई तिब्रता दिने, पाठेघरको मुखको क्यान्सर परिक्षण सचेतना कार्यक्रम चलाउने जस्ता काममा आफुहरु लागेको उनले बताए ।

कार्यक्रममा बुटवल हिलपार्क परिषदका अध्यक्ष टंक पराजुलीले सामाजिक हिसाबमा गरिने कार्य नै ब्यक्तिको पहिचान बन्ने भन्दै विगतमा संस्थापकहरुबाट गरिएको योगदानका कारण आज क्लब चिनिन लागेको बताए । सबैको सहयोग र सहकार्यबाट बुटवलको विकास गर्न सकिने तर्क दिदै उनले यसमा लाग्नुपर्ने समेत बताए ।

कार्यक्रममा क्लबमा योगदान दिएका संस्थापक, पूर्वअध्यक्ष तथा मृत्युपरान्त परिवारलाई समेत सम्मान गरिएको थियो । सामाजिक कार्यमा सहकार्य गर्ने समुदायका विभिन्न संघसंस्थाहरुलाई समेत सम्मान गरेको क्लबका सचिव काशीराज ज्ञवालीले बताए ।

कार्यक्रममा फस्ट भिडिजि सन्दिप कशौधन, सेकेण्ड भिडिजि मिना पन्थी, एरिया ३ का एरियाचिफ कृष्णप्रसाद पाण्डे, लायन्स क्लब अफ तिलोत्तमा मायादेविका अध्यक्ष सिता श्रेष्ठ, क्लबका घ्दितिय उपाध्यक्ष बाबुराम शर्मा चापागाईले लायन्सबाट यस क्षेत्रमा सामाजिक कार्यमा भएको विविध क्षेत्रबारे जानकारी दिए ।

You may also like