तिलोत्तमा गाइजले गर्यो मणिग्राममा युवा भेला: भन्छन-सफल नेतृत्त्वका लागि युवा एकजुट हुनुपर्ने

by समतल अनलाइन
24Shares

मणिग्राम। तिलोत्तमा गाइजको आयोजनामा मणिग्राममा प्रारम्भिक भेला भएको छ। प्रदर्शनी मण्डप मणिग्राममा भएको भेलामा करिव २ सय जनाको उपस्थितिलाई सम्बोधन गर्दै संयोजक पुजन केसीले अबको सफल नेतृत्वका लागि युवाहरु एकजुट भएर लाग्नु पर्न्ने बताएका छन्। सधै राजनीतिको नाममा देश डुबाउने खेलो भएकाले युवाहरुलाई अगाडी सारेर युवाहरुकै मागलाई ब्यवास्ता गर्दा देश संकटमा परेको उनको भनाई छ।

चुनाव आउँदा मात्रै युवाहरुको लस्कर खोज्ने, अगाडी हिडाउने तर चुनाव पछि युवाहरुलाई चाहिने शिक्षा,स्वास्थ्य,रोगउपचार,रोजगारी र पर्यटन प्रबर्द्धनमा युवाको समाबेशी सहभागिता नगर्नाले देश दुर्घटनामा परेको उनको भनाई छ।जेंजी आन्दोल पछि युवाको सोच परिबर्तन भएकाले अबको सफल नेतृत्त्वका लागि कुनै पनि राजनीति भन्दा माथि उठेर युवाहरु एकजुट हुनु पर्ने संयोजक पूजनको भनाई छ।

तिलोत्तमा र यस आसपासका युवाहरुको उपस्थिति रहेको सो भेलामा प्राय जसो युवाहरुको माग यस क्षेत्रको नेतृत्त्व गर्न चाहना राखेर उम्मेदवारी दिएका नेताहरुलाई युवाहरुको मागलाई प्रतिबद्धता सहित चुनावी मैदानमा आउन आग्रह गरेका छन्। सधै झुटा आश्वाशन र सपना बोकाएर विदेश जना बाध्य बाऔए नेतृत्त्व प्रति प्रश्न उठाउदै उनीहरुले अब त्यस्तो खालको समय गैसकेकोले पुरा हुने र सक्ने कामको लागि मात्रै आमजनताको मर्म बुझेर काम गर्न आग्रह गरे।जेंजी आन्दोल पश्चात भएको आगलागी र तोडफोड बाट भएको क्षतिलाई निर्माण गर्दै , सामाजिक कार्यक्रम अग्रसर भएको तिलोत्तमा गाइजले अब चुनाव केन्द्रित स्वतन्त्र युवाहरुको भेला गर्दै रुपन्देहीको सबै क्षेत्रमा आम सभा गर्ने जमर्को गरेको छ।

You may also like