शितलहरले दाउन्ने सडकखण्ड अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

by समतल अनलाइन
62Shares

काठमाडौँ । नारायणघाट–बुटवल सडक खण्डको दाउन्ने क्षेत्र एकतर्फी सञ्चालन गरिने भएको छ ।

सडक विभागको आयोजना निर्देशनालयले विगत केही दिनदेखि आकस्मिक रूपमा भएको शितलहरको कारणले निर्माणाधीन नारायणघाट–बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा सडक सतह चिप्लो भई यातायात आवागमनमा कठिनाई उत्पन्न भएको र केहि स्थानहरुमा कलभर्ट तथा सडक ढलानको कार्य भइरहेकोले एकतर्फी सडक सञ्चालन भइरहेकोले सवारी साधनहरू सञ्चालनमा थप कठिनाई हुने सम्भावना रहेको जानकारी दिएको छ ।

निर्देशनालयले मौसममा सुधार नहुन्जेलसम्म यस सडक खण्डमा यात्रा गर्नु अघि सडकको अवस्थाबारे सही तथा अद्यावधिक जानकारी प्राप्त गरी मात्र यात्रा गर्न सबैमा अनुरोध गरेको छ ।

साथै यस सडक खण्डमा यातायात सञ्चालनमा अवरोध उत्पन्न भएको अवस्थामा पुर्व पश्चिम राजमार्ग हुँदै आउने/जाने सवारीसाधन: नारायणघाट-मुग्लिङ्ग-पोखरा-स्याङ्जा-पाल्पा- बुटवल वा कालीगण्डकी चोक (गैंडाकोट)-रामपुर-पिपलडांडा- पाल्पा- बुटवल तथा काठमाडौँबाट बर्दघाट पश्चिम जाने/ बुटवल-काठमाडौँ जाने सवारी साधनहरु: काठमाडौँ-मुग्लिङ्ग-पोखरा-स्याङ्जा-पाल्पा-बुटवल दुई पांग्रे र फोर ह्विलर चार पांग्रे सवारीसाधनको लागि वैकल्पिक सडक: दुम्कीबास-ज्यामिरे-डाँडाचोक-डमार-भुताहा प्रयोग गर्न आग्रह गरिएको छ ।

You may also like

This will close in 0 seconds