कार पुरस्कारसहित रोहित पौडेल बने एनपीएलका उत्कृष्ट नेपाली खेलाडी

by समतल अनलाइन
50Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनमा च्याम्पियन बनेको टिम लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले कार पुरस्कार प्राप्त गरेका छन् । उत्कृष्ट नेपाली खेलाडी घोषित भएसँगै उनलाई कार प्रदान गरिएको हो ।

आज सम्पन्न फाइनल खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधि जितेको हो । टोलीको जितमा कप्तान रोहित पौडेलको महत्वपूर्ण योगदान रह्यो ।

यस सिजन रोहितले २७४ रन बनाउनुका साथै १० विकेट पनि लिएका छन् । फाइनल खेलमा उनले ह्याट्रिक विकेट लिँदै खेलको दिशा नै परिवर्तन गरेका थिए ।

You may also like

This will close in 0 seconds