रुपन्देही व्यापार संघ अन्तर्गत कस्मेटिक तथा गिफ्ट वस्तुगत उपसमितिद्वारा गौशालामा गाईलाई आहार वितरण

by समतल अनलाइन
313Shares

बुटवल। रुपन्देही व्यापार संघ अन्तर्गत कस्मेटिक तथा गिफ्ट वस्तुगत उपसमितिले रुपन्देहीको भलुहीस्थित कामधेनु गौशालामा गाईहरूको लागि आहार वितरण गरेको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको यो कार्यक्रम मंगलबार सम्पन्न भयो।

कार्यक्रममा संघका अध्यक्ष दिपक प्रसाद अधिकारीले व्यापार मात्र नभई समाजप्रति पनि दायित्व हुने बताए। उनले भने, “व्यापारीहरू समाजसँग जोडिएका हुन्छन्। यस्तो सहयोगले सामाजिक एकता बलियो हुन्छ।”

त्यसैगरी, उपसमिति अध्यक्ष सरोज ज्ञवालीले यस्तो कार्यक्रमले व्यवसायिक क्षेत्रको सकारात्मक छवि प्रस्तुत गर्ने बताए। उनले भने, “गाई हाम्रो संस्कृतिको एक हिस्सा हो। गाईको संरक्षण र सेवामा सानो टेवा दिन पाउँदा खुशी लागेको छ।”

कार्यक्रमको संचालन उपाध्यक्ष जिवन काफ्लेले गरेका थिए।
कामधेनु व्यवस्थापन गुरु योगी सोमराज महर्जन, संघका सह-सचिव प्रकाश पौडेल, कार्यसमिति सदस्य तथा कस्मेटिक इन्चार्ज गोकुल ज्ञवालीसहित अन्य सदस्यहरूको उपस्थिति रहेको थियो।

सञ्चालन भएको कार्यक्रममा गौशालामा रहेका गाईहरूको लागि विशेष आहार वितरण गरिएको हो।

Comments

You may also like