नेपाली कांग्रेस तिलोत्तमा–५ को सभापतिमा हरि पन्थ

by समतल अनलाइन
19Shares

तिलोत्तमा । नेपाली कांग्रेस तिलोत्तमा नगरपालिका–५ को कार्यसमिति गठन गरिएको छ। उपलब्ध विवरणअनुसार वडा कार्यसमितिको सभापतिमा हरि पन्थ चयन भएका छन्।

समितिको उपसभापतिमा मोतीलाल गौतम र कमला कँडेल रहेका छन् भने सचिवमा हिरामणि भण्डारी चयन भएका छन्। त्यस्तै सहसचिवमा कल्पना पाण्डे रहेकी छन्।

कार्यसमितिको सदस्यमा सुमित्रा पाण्डे, छविकला राजभर, कमला कुँवर, अनुमाया पराजुली, हिमलाल गौतम, रामलाल न्यौपाने र सुदर्शन महराई रहेका छन्।

नेपाली कांग्रेसले वडा तहदेखि संगठनलाई सक्रिय बनाउँदै आगामी राजनीतिक तथा सांगठनिक गतिविधिलाई अघि बढाउने क्रममा स्थानीय तहका कार्यसमितिहरूलाई निरन्तरता दिइरहेको छ। तिलोत्तमा नगर समितिले पनि संगठन सुदृढीकरण, पार्टीभित्रको एकता तथा आगामी कार्ययोजनाका विषयमा छलफल गर्दै आएको छ।

You may also like