माेतिपुर औंधाेगिक क्षेत्रकाे जग्गा सिमाङ्कनकाे काम सुरु

Shares

बुटवल।रूपन्देहीको माेतिपुर स्थित माेतिपुर औंधाेगिक क्षेत्र निर्माणकाे काम अगाडि बढेको छ ।औंधाेगिक क्षेत्र ब्यपवस्थापन लिमिटेडको नाममा गएको आफुहरूकाे जग्गामध्ये केही जग्गा छाडेर औंधाेगिक क्षेत्र बनाउन स्थानीय सहमत भएसँगै औंधाेगिक क्षेत्र निर्माण कार्य अगाडि बढेको हो ।

बुटवल उपमहानगरपालिका,औंधाेगिक क्षेत्र ब्यवस्थापन लिमिटेड र स्थानीयबीच पटकपटककाे छलफलपछि औंधाेगिक क्षेत्र बन्ने र स्थानीय जनता पनि बिस्थापित हुनुनपर्नेगरी सहमति कायम भएसँगै जग्गाकाे सिमाङ्कन गर्ने कार्य सुरु भएको बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले जानकारी दिए ।

जहाँ समस्या देखिन्छ त्यहाँ स्थानीय हरूसँगै जनप्रतिनिधि फिल्डमै गएर समस्या समाधान गर्नेगरी हाललाई कम बिवादीत बुटवल उपमहानगरपालिका वडा नं १७ रानिगञ्ज क्षेत्रबाट औंधाेगिक क्षेत्र र स्थानीयकाे जग्गाको सिमाङ्कन सुरु भएको नगर प्रमुख पाण्डेयले बताए ।

स्थानीय बस्तुस्थिति नबुझी हचुवाकाे भरमा राजधानी काठमाडौंमा बसेर गुगल नक्साकाे आधारमा औंधाेगिक क्षेत्रकाे नाममा जग्गा कायम गर्दा स्थानीयले भाेगचलन गरेको जग्गा समेत औंधाेगिक क्षेत्रकाे नाममा गएकाले समस्या देखिएको उनलेे बताए ।

भूलवस औंधाेगिक क्षेत्रकाे नाममा पर्न गएको जग्गामध्ये आफ्नो केही जग्गा छाडेर औंधाेगिक क्षेत्र बनाउन स्थानीय सहमत भएसँगै औंधाेगिक क्षेत्रकाे जग्गा छुट्टयाउने काम सुरुवात भएको भन्दै नगर प्रमुख पाण्डेयले अबस्य पनि याे समस्या समाधान हुने र औंधाेगिक क्षेत्र निर्माण हुने कुरामा आशावादी भएको प्रतिक्रिया दिए ।

औंधाेगिक क्षेत्र ब्यवस्थापन लिमिटेडका अध्यक्ष बाबुराम पन्तले बुटवल उपमहानगरपालिकाकाे पहलमा पटकपटक स्थानीय तथा जनप्रतिनिधिबीच भएको छलफलबाट औंधाेगिक क्षेत्र बन्ने र स्थानीय जनता पनि बिस्थापित हुन नपर्नेगरी जग्गाको सिमाङ्कन गर्ने कार्य सुरु गरिएको जानकारी दिए ।

सुरुमा स्थानीय र औंधाेगिक क्षेत्रकाे जग्गाको सिमाङ्कन सुरु गरिएको भन्दै उनलेे जहाँ समस्या देखापर्छ त्यहाँ सम्बन्धित सराेकारवाला र स्थानीय जनप्रतिनिधिकाे राेहवरमा निकास निकाल्दै जाने बताए ।

त्यस क्रममा स्थानीयले औंधाेगिक क्षेत्र बन्न नदिने आफुहरूकाे मनसाय नरहेको भन्दै बर्षाैदेखि बसाेबास र भाेगचलन गर्दै आएको आफ्नो लालपुर्जा भित्रको जग्गा समेत औंधाेगिक क्षेत्रकाे नाममा गएकाले बिराेधमा उत्रिनुपरेको बताएका थिए ।

सुरुमा बुटवल उद्योग बाणिज्य संघले करिब दुई सय बिघा क्षेत्रफलमा औंधाेगिक क्षेत्र निर्माण गर्ने प्रस्ताव गरे पनि स्थानीय जनताको जग्गा समेत गाभेर ८१२ बिघा जग्गा औंधाेगिक क्षेत्र ब्यवस्थापन लिमिटेडको नाममा लालपुर्जा बनेपछि स्थानीय बिराेधमा उत्रिएका थिए ।

भूलवस औंधाेगिक क्षेत्रकाे नाममा गएको स्थानीयकाे ज्ग्गा फिर्ता गराउने प्रक्रियामा रहेकै अवस्थामा तत्कालीन सरकारले औंधाेगिक निर्माण कार्यकाे शिलान्यास गर्ने क्रममा स्थानीय र प्रहरीबीच झडप हुदा ठूलो जनधनको क्षति भएको थियो ।

You may also like