कांग्रेस महाधिवेशन प्रतिनिधिमा स्याङ्जा–२ बाट अमृत पाण्डेयको उम्मेदवारी घोषणा

by समतल अनलाइन
108Shares

स्याङ्जा। नेपाली कांग्रेसको आगामी महाधिवेशनका लागि स्याङ्जा–२ बाट अमृत पाण्डेयले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्।

विद्यालय तहदेखि नै विद्यार्थी राजनीतिमा सक्रिय पाण्डेयले लुम्बिनी वाणिज्य क्याम्पसको नेपाल विद्यार्थी संघ (नेविसंघ) इकाइ सचिवको जिम्मेवारीबाट आफ्नो राजनीतिक यात्रा अघि बढाएका हुन्। नेविसंघमा विभिन्न जिम्मेवारी सम्हाल्दै संगठन विस्तार, विद्यार्थीका सवाल तथा पार्टीका गतिविधिमा उनी निरन्तर सक्रिय रहँदै आएका छन्।

पाण्डेयले नेपाल प्रेस युनियनमा समेत लामो समय काम गरेका छन्। पत्रकारिता, विद्यार्थी संगठन र पार्टी राजनीतिमा हासिल गरेको अनुभवलाई आफ्नो राजनीतिक यात्राको आधार बनाएका उनले यसअघि नेपाली कांग्रेस स्याङ्जा–२(ख) बाट प्रदेश प्रतिनिधिको जिम्मेवारीसमेत निर्वाह गरिसकेका छन्।

पार्टीको संगठनलाई थप सुदृढ र सक्रिय बनाउने उद्देश्यसहित महाधिवेशन प्रतिनिधिका रूपमा उम्मेदवारी घोषणा गरेको पाण्डेयले बताएका छन्। उनका अनुसार पार्टीभित्र युवा पुस्ताको सहभागिता बढाउनु, संगठनलाई प्रभावकारी बनाउनु तथा विचार र संवादलाई प्राथमिकता दिनु उनका मुख्य राजनीतिक एजेन्डा हुन्।

विद्यार्थी राजनीति हुँदै पत्रकारिता र पार्टी संगठनमा काम गरेको अनुभवलाई महाधिवेशनमा प्रतिनिधिका रूपमा उपयोग गर्दै कांग्रेसको संगठनात्मक गतिविधिलाई थप प्रभावकारी बनाउन योगदान गर्ने लक्ष्य रहेको पाण्डेयको भनाइ छ।

You may also like

This will close in 0 seconds