काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले कुलमान घिसिङलाई हटाएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै महामन्त्री थापाले मन्त्रीहरूले बाटो बिराउँदा प्रधानमन्त्रीले समाल्नु पर्नेमा त्यस्तो नभएको उल्लेख गर्दै उल्टो बाटो हिँडेर सही गन्तव्य नपुगिने चेतावनी दिएका छन् ।
उनले सरकारले असन्तुष्टिको आगोमा मट्टितेल हाल्ने काम गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
उनले भनेका छन्-
विडम्बना त्यो भएन, आम नागरिकमा असन्तुष्टि बढ्दो छ । त्यही असन्तुष्टिको तावामा स्वार्थको रोटी सेक्न उद्धत एउटा तप्का सलबलाइरहेको छ । यस्तो बेला सरकारको डेलिभरीबाट त्यो असन्तुष्टिलाई सम्बोधन गर्दै आगो नै निभाइदिऊ भनेर हामी दिन रात नभनी मेहनत गर्ने सरकार चाही आफैँ असन्तुष्टिको आगोमा मट्टितेल हाल्ने काम गर्ने ? हामीले यस्तो नगरौँ है भन्दा सुनेको जस्तो पनि गर्ने तर निर्णय फेरि यस्तो गलत गर्ने ?
मन्त्रीहरूले बाटो बिराउँदा प्रधानमन्त्रीले समाल्नु पर्ने हो.. तर विडम्बना त्यो भएन, निर्णय गलत छ,सरकार! उल्टो बाटो हिँडेर सही गन्तव्य पुगिँदैन ।