बुटवल । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुटवल उपमहानगरपालिका–५ को वडा अधिवेशनबाट वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधिहरू निर्विरोध चयन भएका छन्।
अधिवेशनबाट दीपक प्रसाद श्रेष्ठ वडा सभापतिमा निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै यमुना श्रेष्ठ र सत्यम कसौधन उपसभापतिमा चयन भएका छन्।
वडा सचिवमा रानी कानु बानिया तथा उपसचिवमा अभिषेक कुमार वर्णवाल निर्विरोध निर्वाचित भएका छन्।
वडा कार्यसमिति सदस्यतर्फ महिलामा नसरीन खान र ज्ञानमति माली, दलित सदस्यमा तारा बिक तथा सदस्यमा जमिर मिया चयन भएका छन्। युवा सदस्यमा पिन्टु जैसवाल निर्विरोध निर्वाचित भएका छन्।
खुला सदस्यतर्फ रामचन्द्र गुप्ता, प्रेम सेपाइली, सन्जु वर्णवाल, कमल नारायण कानु र देव बहादुर पुलामी निर्विरोध निर्वाचित भएका छन्।
यसैगरी अधिवेशनबाट २३ जना क्षेत्रीय प्रतिनिधि पनि निर्विरोध निर्वाचित भएका छन्।
वडा अधिवेशनबाट सबै पदमा सर्वसम्मत नेतृत्व चयन भएसँगै बुटवल–५ मा कांग्रेसको वडा तहको अधिवेशन सम्पन्न भएको हो।

