रोजगारको शिलशिलामा प्रदेशिएका नेपालीले बल्ल मनाउदै दशैँ

by समतल अनलाइन
Shares

शिब अधिकारी । नेपालमा बिजया दशमी मनाएको तीन दिन पूरा हुँदा रोजगारीको शिलशिलामा युएई छिरेका नेपालीले शुक्रबार टीका र जमरा लगाएर बिजया दशमी मनाएका छन् । सैनामैना सेवा समाज यूएई र नेपाल एकता महिला बिभागले संयुक्त रूपमा नेपालीहरुको महान चाड बिजया दशमी(बड़ा दशै) एक कार्यक्रमका बीच मनाएको हुन् ।

यूएईमा कार्यरत नेपाली दाजुभाई दीदीबहिनीहरुले दशैकै दिन कार्य व्यस्तताका कारणले गर्दा दशैँ मनाउन नपाएको हुँनाले आज बिदाको दिन पारि दशै मनाएका हुन् । नेपालमा पूर्णिमा सम्म टिका थाप्न सकिने प्रचलन रहेकाले आज आफु भँन्दा ठुला , आफ्ना आफन्तजनहरु तथा सबैले माया गर्ने सबै की आमा ५५ बर्षकी उषा आमाको हात बाट टीका जमरा थापी दुबईमा रहेको एक मन्दिर बुर्दबुईमा बसेर धुमधामका साथ दशै मनाएको सैनामैना सेवा समाज युएईका महासचिव युवराज भट्टराईले जानकारी दिए ।

दशैमा छुट्टि नपाएर घर फर्किन नपाएका नेपालीले नेपालमा जस्तै टिका जमरा थापेर नेपाली परिकार सेल रोटी, अचार लगायतका खानाहरु खाएर नेपालमा परिवार सँगै बसेर दशै मनाए जस्तो गरि मनाएका थिए ।दशैमा बिदा नपाएर घरमा दशै मनाउन नपाए पनि दुबईमा साथीहरूसँग दशै मनाउन पाउदा सबै मुहारमा खुसी छाएको भट्टराईले बताए ।

कार्यक्रमलाई सफल पार्न रात भर जागराम बसि रोटी पकाउने देखी सम्पूर्ण कामको तयारीको लागि खटिने उषा मम्मी,बिनु के सी,नीरू शर्मा,जमुना खनाल लगाएत सहयोग गर्नु हुने सम्पूर्ण लाई धन्यवाद दिदै नेपाली एकता समाजका सचिब खेम बिरही र नेपाली एकता महिला बिभागकी अध्यक्ष बिनु के सीले सम्पूर्ण लाई बिजया दशमीको शुभकामना दिनु भएको थियोे ।

आज नै सैनामैना सेवा समाजको मासिक भेला पनि परेको भएकाले भेला र कार्यक्रम बुर्दुबईमा नै सम्पन्न भएको थियो । कार्यक्रम सैनामैना सेवा समाज यूएई का महासचिब यूबराज भट्टराईले सञ्चालन गर्नु भएको थियोे भने समाजका अध्यक्ष केशव ढकाल को अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा रामप्रसाद पाण्डे,मोहन बम्रेल मगर लगाएत सम्पूर्णले बिजया दशमीको शुभकामना दिनु भएको थियो।

You may also like

This will close in 0 seconds