खरो पत्रकारिताबाट नीति निर्माणको मैदानमा: कांग्रेस महाधिवेशनमा अर्घाखाँची प्रदेश सभा क्षेत्र ‘क’ बाट दिनेश पाण्डेको धमाकेदार उम्मेदवारी!

by समतल अनलाइन
14Shares

अर्घाखाँची। नेपाली पत्रकारिता जगत्‌मा खबरदारी, निष्पक्षता र जनसरोकारको अर्को पर्याय बनेका, भ्रष्टाचार र बेथितका बिरुद्ध सधैं आगो ओकल्ने ओजस्वी युवा व्यक्तित्व दिनेश पाण्डे नेपाली कांग्रेसको आगामी १५औँ महाधिवेशनमा होमिनुभएको छ। पार्टीको १५औँ महाधिवेशन अन्तर्गत अर्घाखाँचीको प्रदेश सभा क्षेत्र ‘क’ बाट ३५ वर्षमुनिको युवा र खुला कोटामा उम्मेदवारी घोषणा गर्नुभएका पाण्डे अहिले सिङ्गो पार्टी पंक्ति, बौद्धिक वर्ग र आम मतदाताहरूको केन्द्रबिन्दु बन्नुभएको छ। “अबको नेतृत्व गफ गर्ने होइन, काम गर्ने युवाको हातमा जानुपर्छ, अनि त्यो पात्र दिनेश पाण्डेजस्तो भिजन र खरो स्वभावको हुनुपर्छ” भन्ने आवाज अहिले अर्घाखाँचीदेखि रूपन्देही लगाएत लुम्बिनि प्रदेशभर जोेश र आँधीबेहरीका साथ गुन्जिरहेको छ।

अर्घाखाँचीको ऐतिहासिक भूमि छत्रदेव गाउँपालिका वडा नं. ७, भगवतीमा जन्मिनुभएका पाण्डेले विगत १५ वर्षदेखि पत्रकारितालाई आफ्नो जीवनको मुख्य ध्येय बनाएर देशकै लागि एक नमूना पत्रकारको रूपमा आफ्नो बर्चस्व स्थापित गर्नुभएको छ। डिजिटल मिडिया ‘हमला खबर’ का संस्थापक तथा मुख्य सम्पादक एवं राज्य टेलिभिजन बाट प्रशारण हुने `छड्के हमला´, `लुम्बिनि छड्के´ एवम चर्चित कार्यक्रम ‘कालचक्र’ का प्रस्तोताको रूपमा उहाँले सदैब समाजका विकृति र अन्यायविरुद्ध कडा प्रहार गर्दै आउनुभएको छ। सबैभन्दा ठूलो र गर्व गर्न लायक कुरा त यो छ कि, जीवनभर व्यावसायिक पत्रकारिताको मर्म र धर्मलाई उँचो राख्नुभएका उहाँले आफ्नो पेसामा कहिल्यै पनि व्यक्तिगत राजनीतिक स्वार्थ वा दाउपेच मिसाउनुभएन; यही निष्कलङ्क चरित्र र अडान नै उहाँलाई आम नागरिकको ढुकढुकी बनाउने मुख्य विशेषता हो।

केवल खोज पत्रकारिता र स्टेजबाहिरको खबरदारीमा मात्र सीमित नरहि, पाण्डेले विगत १०–१२ वर्षदेखि देशका विभिन्न जिल्लाहरूमा पुगेर हजारौँ युवाहरूलाई उद्घोषण, समाचार लेखन, नेतृत्व विकास, व्यक्तित्व विकास र खोज पत्रकारितासम्बन्धी तालिमहरू प्रदान गर्दै एक कुशल र प्रेरणादायी प्रशिक्षकको छवि निर्माण गर्नुभएको छ। पत्रकारिता विषयमै उच्च अध्ययनरत उहाँ अध्ययनशीलतालाई आफ्नो सबैभन्दा ठूलो शक्ति मान्नुहुन्छ। सांगठनिक रूपमा पनि नेपाल प्रेस युनियनको रूपन्देही जिल्ला कार्यसमिति सदस्य भई सक्नुभएका उहाँ हालसालै सम्पन्न अधिवेशनबाट प्रदेश प्रतिनिधि निर्वाचित भई लुम्बिनी प्रदेशको आगामी अधिवेशनमा समेत उच्च सम्भावना बोकेका सर्वाधिक सशक्त नेतृत्वको रूपमा उभिनुभएको छ। साथै, उहाँ वीपी स्टडिज युथ सर्कलको लुम्बिनी प्रदेश उपाध्यक्षको जिम्मेवारीसमेत सम्हालिरहनुभएको छ।

विभिन्न संघसंस्थामा आबद्ध रहेर कुशल नेतृत्व दिइसकेका पाण्डे अब केवल बाहिरबाट खबरदारी मात्र होइन, नीति निर्माण तहमा पुगेर राज्यका योजना र प्रणालीमा आमूल सुधार गर्नुपर्छ भन्ने दूरगामी सोचका साथ प्रत्यक्ष रूपमा पार्टीको राजनीतिमा अगाडि बढ्नुभएको छ। पार्टीको १५औँ महाधिवेशन अन्तर्गत अर्घाखाँची प्रदेश सभा क्षेत्र ‘क’ बाट ३५ वर्षमुनिको युवा तथा खुला कोटातर्फ उम्मेदवारी दिएर उहाँले पार्टीभित्र गतिशीलता, इमानदारिता र पुस्तान्तरणको ठोस सन्देश दिनुभएको छ।

देशभरका जनताको कालोधन र बेथिति विरुद्ध एक्लै लड्न सक्ने आँट भएको, उच्च शिक्षित, निडर, खरो र प्रस्ट वक्ता दिनेश पाण्डेको पक्षमा आज सिङ्गो क्षेत्र खडा भएको छ। जसले आफ्नो जीवनमा कहिल्यै झुक्न सिकेन, जसको कलम र विचार सधैं जनताको पक्षमा उभियो, त्यस्तो निष्ठावान् युवालाई विजयी गराउनु भनेको पार्टीभित्र सही विचार र प्रगतिको जित हुनु हो। त्यसैले, नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा अर्घाखाँची प्रदेश सभा क्षेत्र ‘क’ बाट उदीयमान, परिश्रमी र जुझारु युवा व्यक्तित्व दिनेश पाण्डेलाई अत्यधिक बहुमतले विजयी गराएर देश र पार्टीलाई नयाँ उचाइमा पुर्‍याउन सबैको ऐतिहासिक दायित्व बनेको छ!

You may also like