अर्घाखाँचीबाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा प्रदीप घर्ती मगरको उम्मेदवारी

by समतल अनलाइन
20Shares

अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनका लागि अर्घाखाँचीबाट प्रदीप घर्ती मगरले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्। ३५ वर्षीय घर्तीले खुलातर्फबाट प्रतिनिधिका रूपमा उम्मेदवारी दिएका हुन्।

युवा पुस्ताको प्रतिनिधित्व गर्दै पार्टीलाई थप जवाफदेही, अनुशासित र प्रविधिमैत्री बनाउने एजेन्डासहित उनले उम्मेदवारी अघि सारेका हुन्। उनले युवाको आवाजलाई पार्टीको मूलधारमा स्थापित गर्ने, भ्रष्टाचारको अन्त्यका लागि आवाज उठाउने तथा पार्टीभित्र अनुशासन र अग्रजप्रतिको सम्मान कायम गर्ने प्रतिबद्धता जनाएका छन्।

घर्तीको राजनीतिक सक्रियता नेपाल विद्यार्थी संघबाट सुरु भएको हो। उनले वि.सं. २०६५ मा नेविसंघ शिवराज माध्यमिक विद्यालयका सचिव, २०६८ मा नेविसंघ सुधा उच्च माध्यमिक विद्यालयका संयोजक तथा २०७३ मा नेविसंघ बुटवल बहुमुखी क्याम्पसका सचिवको जिम्मेवारी सम्हालेका थिए। त्यसपछि २०७० मा नेविसंघका केन्द्रीय सदस्य तथा २०७६ मा लुम्बिनी प्रदेश प्रतिनिधिका रूपमा समेत काम गरेको उनको परिचयपत्रमा उल्लेख छ।

त्यस्तै, विभिन्न क्लब तथा सामाजिक संस्थाको नेतृत्व गरेको अनुभव रहेको घर्तीले समाजशास्त्रमा स्नातकोत्तर तथा कानून अध्ययन गरेका छन्।
आफ्नो उम्मेदवारीका क्रममा घर्तीले कांग्रेसलाई समयानुकूल र प्रविधिमैत्री पार्टीका रूपमा विकास गर्ने, सबै तहमा जवाफदेहिता कायम गर्ने तथा समाजका विभिन्न वर्ग, धर्म, वर्ण, जाति र लिङ्गबीच न्याय र समानताको प्रत्याभूति दिलाउने विषयलाई प्राथमिकतामा राखेका छन्।

You may also like