कंचन गाउपालिका र नेपाल नियमित रक्तदाता संघ रुपन्देही बाट कोभिड महामारीका बिच पनि १०१ पिन्ट रगत संकलन

by समतल अनलाइन
375Shares

कन्चन। कंचन गाउपालिकामा रहेका सक्रिय सामाजिक संघ सस्था र नेपाल नियमित रक्तदाता सङ रुपन्देही को संयुक्त आयोजनामा विश्व भरिनै आक्रान्त पारेको अवस्थामा कसैको पनि ज्यान रगतको अभावमा जान नपरोस भन्ने उद्धेश्यका साथ कंचन गाउँपालिकामा एक कार्यक्रम गरि १०१ पिन्ट रगत संकलन गरि रक्तसञ्चार केन्द्र बुटवल लाई हस्तान्तरण गरेको छ।

कंचनमा रहेका विभिन्न सामाजिक संघ सस्थाको सहयोगमा कार्यक्रम गरिएको हो।कंचनगाउपालिकाको रुद्रपुर मा वि को भवनमा कार्यक्रम गरिएको हो।
नेपाल नियमित रक्तदाता संघ रुपन्देहीका अध्यक्ष दया बहादुर सिलवाल,कंचन गाउपालिका का प्रमुख गोकर्ण सिंहको प्रमुख आतिथ्यता,नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका महासचिव कृष्ण पङेनिको आतिथ्यता ,कंचन जेसिसका अध्यक्ष राधिका चौधरी,कंचन गाउपालिका वडा न ४ का अध्यक्ष दुर्गा सिंह क्षेत्री,नेपाल रेडक्रस सोसाइटी कंचन उप शाखाका गङालाल पौडेल,समाजसेवी तुल बहादुर थापा,नेपाल नियमित रक्तदाता संघका उपाध्यक्ष लेखनाथ भण्डारी,सचीव महेश खनाल लगायत ले बोल्दै रगत व्यवस्थापनमा सस्था सकृयका साथमा लागि परेको भन्दै वक्ताले मुक्त कण्ठका साथ प्रशंसा गरे।

गाउपालिकाले संघलाई निरन्तर साथ र सहयोग गर्ने र रक्तदान जस्तो पवित्र कार्य गरेको बताए ।रक्तसञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भयो।

You may also like