‘ड्रिम गर्ल’ बने आयुष्मान खुराना

by समतल अनलाइन
281Shares

मुम्बई । २०१८ मा आएको फिल्म अन्धाधुनबाट नेशनल अवार्ड जितेका अभिनेता आयुष्मान खुरानाको नयाँ सिल्म ‘ड्रिम गर्ल’ को ट्रेलर सार्वजनिक गरिएको छ ।

एक पछि अर्को सुपर हित फिल्ममा काम गरेका अभिनेता आयुष्मनको यो फिल्ममा उनलाई नयाँ अवतारमा देखिएका छन् ।

यस फिल्ममा आयुष्मानले महिलाको आवाजमा अभिनय गरेका छन् । फिल्मको ट्रेलर हेर्दा फिल्ममा ड्रिम गर्लको भूमिका आयुष्मानले नै निभाएका छन् ।

ट्रेलर रिलिज हुनासाथ दर्शकले अत्यन्त मन पराएका छन् । ट्रेलर लन्चको कार्यक्रममा आयुष्मानले बलिवुडमा शाहरुख खान, आमिर खानका फिल्म जस्ता फिल्म गर्ने सपना देखेको भएपनि आफुले त्यसो गर्न नसकेको बताउदै आफुले अन्धाधुन, अहिले ड्रिम गर्ल जस्ता फिल्ममा काम गर्न पाउने बारे कहिल्लै नसोचेको बताए ।

बालीजी मोशन पिक्चरको ब्यानरमा बनेको यो फिल्मलाई राज शाडिल्यले निर्देशन गरेका छन् । फिल्ममा अयुश्मानको अपोजिटमा नुसरत भरुचा रहेकी छन् । त्यस्तै फिल्ममा अन्नु कपुर, विजय राजलगायतका कलाकार रहेका छन् । फिल्म सेप्टेम्बर १३ मा रिलिज हुदै छ ।
‘ड्रिम गर्ल’ को ट्रेलर :

Comments

You may also like