कोशी प्रदेशको लेलेप नजिक ५.४ म्याग्निच्युडको भूकम्प

by समतल अनलाइन
26Shares

काठमाडौँ । नेपालको कोशी प्रदेशस्थित लेलेप आसपास केन्द्रविन्दु बनाएर मंगलबार बिहान भूकम्प गएको छ । भूकम्पको तीव्रता ५.४ म्याग्निच्युड मापन गरिएको जनाइएको छ ।

मंगलबार बिहान ७ बजेर १७ मिनेटमा गएको भूकम्पको केन्द्रविन्दु कोशी प्रदेशको लेलेपबाट करिब ९ किलोमिटर टाढा रहेको थियो ।
भूकम्पको धक्का नेपालसहित भारत, बंगलादेश, भुटान र चीनसम्म महसुस गरिएको बताइएको छ । काठमाडौं उपत्यकासहित नेपालका विभिन्न स्थानमा समेत भूकम्पको कम्पन अनुभव गरिएको थियो ।

यसैबीच, अमेरिकी भूगर्भ सर्वेक्षण संस्था (यूएसजीएस) ले नेपालको पूर्वी क्षेत्रलाई केन्द्रविन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ ।
भूकम्पको तीव्रताबारे विभिन्न निकायले फरक मापन सार्वजनिक गरेका छन् ।

You may also like