भारत भ्रमण सकेर फर्किएका प्रधानमन्त्री शाहद्वारा मोदी र भारतीय जनतालाई धन्यवाद

by समतल अनलाइन
4Shares

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले दुईदिने औपचारिक भारत भ्रमण पूरा गरी स्वदेश फर्किएपछि भारतीय समकक्षी नरेन्द्र मोदी र भारतीय जनताप्रति आभार व्यक्त गरेका छन् ।

सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत भ्रमणका महत्त्वपूर्ण तस्बिर सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले आतिथ्य र सद्भावका लागि धन्यवाद दिएका हुन् ।

नेपाल र भारतको झन्डा तथा मुटुको इमोजीसहित उनले लेखेका छन्, ‘धन्यवाद महामहिम प्रधानमन्त्री नरेन्द्र मोदीज्यू र भारतीय जनता ।’

प्रधानमन्त्री पदभार ग्रहण गरेपछि पहिलो औपचारिक विदेश भ्रमणका रूपमा आइतबार नयाँ दिल्ली प्रस्थान गरेका शाह सोमबार स्वदेश फर्किएका हुन् ।

भारतको राजकीय भ्रमणका क्रममा उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट तथा समकक्षी मोदीसँग उच्चस्तरीय द्विपक्षीय वार्ता गरेका थिए ।

You may also like