सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

by समतल अनलाइन
61Shares

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मुल्य तोलाको ४७ सयले बढेर तोलाको २ लाख ८३ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ७९ हजार १ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १४५ रुपैयाँले बढेर तोलाको ४३२५ मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ४१८० मा कारोबार भएको थियो ।

You may also like