सीमा नाकामा गृहमन्त्रीको गोप्य अनुगमन, स्थानीयले सुनाए गुनासा

by समतल अनलाइन
37Shares

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले तराई–मधेशका सीमा क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्। मन्त्रीको औपचारिक टोलीसहित नभई सामान्य नागरिकको भेषमा सीमा क्षेत्रमा पुगेर उनले त्यहाँको सुरक्षा अवस्था, तस्करी नियन्त्रण र नागरिकले भोगिरहेका समस्याबारे प्रत्यक्ष जानकारी लिएका हुन्।

निरीक्षणका क्रममा स्थानीय बासिन्दाले सीमा नाकामा सुरक्षाकर्मीबाट अनावश्यक दुःख पाउने गरेको गुनासो गरेका थिए। उनीहरूले सिसी क्यामरा जडान हुँदाहुँदै पनि केही सुरक्षाकर्मीले रकम लिएर तस्करी गराउन सहयोग गर्ने गरेको आरोपसमेत लगाएका थिए।

स्थानीयको गुनासो सुनेपछि गृहमन्त्री गुरुङले आफू वास्तविक अवस्था बुझ्न प्रत्यक्ष रूपमा सीमा क्षेत्रमा आएको बताउँदै प्राप्त जानकारीका आधारमा आवश्यक सुधारका कदम चाल्ने प्रतिबद्धता व्यक्त गरे। सीमा क्षेत्रमा तस्करी नियन्त्रण हुनुपर्ने र सर्वसाधारणले सहज तथा सुरक्षित रूपमा आवतजावत गर्न पाउनुपर्नेमा सरकार प्रतिबद्ध रहेको उनले बताए।

आफ्नो समस्या प्रत्यक्ष रूपमा सुन्न गृहमन्त्री सामान्य भेषमा आएको देखेर स्थानीयले खुसी व्यक्त गर्दै धन्यवाद दिएका थिए।

You may also like