पाँचौ लुम्बिनी पर्यटन, प्रवद्र्धन औद्योगिक व्यापार तथा कृषि महोत्सव अपेक्षा गरे भन्दा बढी सफल

by समतल अनलाइन

भैरहवा । उद्योग व्यापार संगठन रुपन्देही तथा नेपाल चेम्बर अफ कमर्स काठमाण्डौंको आयोजनामा मंसिर ३ गतेदेखि १६ गतेसम्म सञ्चालित पाँचौ लुम्बिनी पर्यटन, प्रवद्र्धन औद्योगिक व्यापार तथा कृषि महोत्सव अपेक्षा गरे भन्दा बढी सफल भएको आयोजकले बताएका छन् । संगठनले सोमबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवमा १० करोड बराबरको कारोबार तथा डेढ लाख दर्शकले महोत्सवको अवलोकन गरेको जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै संगठनका अध्यक्ष तथा मेला मूल आयोजक समितिका संयोजक नारायण प्रसाद भण्डारीले संगठनले देवदह, तिलोत्तमा तथा भैरहवा गरी आठ वटा महोत्सव सम्पन्न गरेको र यस वर्षको महोत्सव हालसम्मकै उत्कृष्ट भएको संस्थाले विश्वास लिएको बताए । उनले महोत्सवबाट ३५०० जना बढीले अस्थायी रुपमा रोजगारी पाउँदा केही भए पनि आर्थिक क्षेत्रमा योगदान भएको बताए ।

सेल्फी जोन, विभिन्न धार्मिक तथा पर्यटकीयस्थल आकृतिको प्रवेशद्धार, सचिवालय लगायतले नेपाल भ्रमण वर्ष तथा लुम्बिनी भ्रमण वर्षको व्यापक रुपमा प्रचारप्रसार भइ पर्यटन प्रबद्र्धन भएको भण्डारीले बताउँनुभयो ।कृषि सम्बन्धि स्टलबाट दैनिक ७० हजारसम्म कारोबार हुँदा कृषिको प्रबद्र्धन भएको उँहाको भनाई छ ।स्टलधनीको सन्तुष्टीलाई देखेर मेलालाई प्रदर्शनीस्थलको रुपमा परिमार्जित गरेर अगाडी बढ्ने सोचे संगठनले बनाएको उनले बताए । महोत्सवमा ४ सय वटा स्टल राखेर अर्को रेकर्ड कायम गरिएको उनले बताए । महोत्सव सफल पार्न सबैको सहयोग रहेको उनले बताए ।त्यस्तै संगठनका निवर्तमान अध्यक्ष खिम बहादुर खत्रीले मेलाको सफलतालाई आर्थिक पाटोसंग मात्र तुलना गर्न नमिल्ने बताए ।

 
 
  
 

You may also like