धमाधम भत्काइँदै प्रधानमन्त्री निवास, प्रधानमन्त्रीलाई मुख्य सचिव निवासमा सारियो

by समतल अनलाइन

काठमाडौं। बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास भत्काउन थालिएको छ । सहरी विकास तथा भवन निर्माण विभागले शुक्रबारदेखि प्रधानमन्त्रीनिवास भत्काउन सुरु गरेको हो ।

भवनको टायल र भित्रका सामान धमाधम निकालिंदैछ । पुरानो भवनको ठाउँमा प्रधानमन्त्रीको नयाँ निवास बन्ने भएको छ । प्रधानमन्त्रीको पुरानो निवास भत्काउन करिब एक महिना लाग्ने छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई मुख्यसचिबको सरकारीनिवासमा सारिएको छ । भवनका भग्नावशेषको फोहोर र निर्माणको सामाग्रीले प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा असर पर्ने भएकाले उनलाई मुख्यसचिबको निवासमा सारिएको हो ।

नौं दिन अस्पतालमा उपचार गराएर प्रधानमन्त्री ओली अहिले बालुवाटारमा आराम गर्दै आएका छन् । मुख्यनिवासमा रहँदै आएका राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनालाई भने सभामुख निवासमा सारिएको छ । प्रधानमन्त्री निवास २९ करोड रुपैंयाँमा निर्माण हुने भएको छ । नयाँ पत्रिका दैनिकबाट

 
 
  
 

You may also like