मदिराको अन्तःशुल्कमा अर्बौंं राजश्व हिनामिना

by समतल अनलाइन

काठमाडौं। सरकारले मदिरा उत्पादन कम देखाएर अर्बौंं राजश्व हिनामिना भएको निष्कर्ष निकालेको छ ।

प्रतिक्विन्टल अन्नबाट उत्पादन हुने ईएनए (एक्ट्रा न्यूट्रल अल्कोहल) कम देखाएर मदिराको अन्तःशुल्क नै नतिरी पछिल्लो १३ बर्षमा आधा खर्ब रुपैंयाँभन्दा बढी करछली भएको राजश्व प्रशासनको निष्कर्ष छ ।

सरकारले चालु आर्थक बर्षदेखि प्रतिक्विन्टल अन्नबाट उत्पादन हुने ईएनए यसअघि ३० लिटर कायम हुँदै आएकोमा आर्थिक ऐनमार्फत ४२ लिटर कायम राखेको थियो । यो ब्यवस्थापछि मदिरा उद्योगले विरोधमा उत्पादन नै बन्द गरेका थिए ।

यसका कारण चालु आर्थिक बर्षको पहिलो चार महिनामा अन्तःशुल्क संकलनमा लक्ष्यको तुलनामा १३ अर्ब ११ करोड रुपैंयाँ कम संकलन भएको छ । अन्नपूर्ण पोष्ट दैनिकबाट

FacebookTwitterPinterestLinkedInMessengerWhatsAppWeChatViberMore
प्रतिक्रिया दिनुहोस्

 
 
  
 

You may also like