अब अनलाइनबाटै पुलिस रिपोर्ट पाइने

by समतल अनलाइन

काठमाडौं । पुलिस रिपोर्ट लिनका लागि घण्टौं लाइन बस्नुपर्ने बाध्यताको नेपाल प्रहरीले अन्त्य गरेको छ । अब घरबाटै अनलाइन फाराम भरेर सेवाग्राहीले पुलिस रिपोर्ट बनाउन सक्ने छन् ।

नेपाल प्रहरीले आफ्नो स्थापना दिवसको अवसर पारेर गत असोजबाटै यस्तो व्यवस्थाको सुरुवात गरेको भए पनि गत आइतबारबाट भने सेवाग्राहीको सुविधालाई ध्यान दिँदै पूर्ण रूपमा यस्तो व्यवस्था लागू गरिएको हो ।

नेपाल प्रहरीका डीआईजी एवं केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलले दैनिक १ हजारको संख्यामा सेवाग्राहीले अनलाइन प्रणालीबाट पुलिस रिपोर्टका लागि आवेदन दिने गरेको समेत जानकारी दिए । सो संख्या दिन प्रतिदिन बढ्ने क्रममा रहेको छ । यो प्रणाली सुरु भएसँगै लाइन लगाएर पुलिस रिपोर्ट दिन समेत अन्त्य गरिएको छ । राजधानी दैनिकबाट

 
 
  
 

You may also like