रुपन्देहीको फायरलाईनमा दुर्घटना हुँदा एक युवकको मृत्यु ।।

by समतल अनलाइन

शिब अधिकारी
सैनामैना । देशभर दुर्घटनाका घटना बढिरहेको बेला रुपन्देहीको फायरलाइनमा बिहीबार बेलुका करिब ६ बजे भएको दुर्घटना परि एक जनाको मृत्यु भएको छ । पश्चिमबाट पुर्व तर्फ आईरहेको मोटरसाईकलले रोकि राखेको ट्रकमा पछडीबाट ठक्कर दिदाँ मोटर साइकलमा सवार एक पुरुषको मृत्यु भएको हो ।

लु ५७ प ६५८५ नम्बरको मोटर साईकलले रोकिराखेको लु १ ख ६४५९ नम्बरको ट्रकमा पछाडिबाट ठक्कर दिएको थियो । ठक्कर दिदाँ मोटर साईकल चालकको घटना स्थलमै मृत्युु भएको इलाका प्रहरी कार्यलय सालझण्डीले जनाएको छ ।
मृतककोे सनाखत आझै नभएता पनि मृतकको साथबाट भेटिएको लाईसेन्स बाट चालकको नाम केदारनाथ थारु रहेको हुनसक्ने ईलाका प्रहरी कार्यलय सालझण्डीले बताएको छ । थारु सैनामैना १ पर्राेहा निवासी रहेको प्रहरीको भनाई छ । घटनाको थप अनुसन्धान भैरहेको ई.प्र.का. सालझण्डीले जनाएको छ ।

 
 
  
 

You may also like