त्रिविले विद्यार्थीका लागि जारी गर्यो यस्तो सर्कुलर [सुचनासहित]

by समतल अनलाइन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको पैंतालीसौं दीक्षान्त समारोह २०७६ साल पौष ३ गते बिहीबार तदनुसार डिसेम्बर १९, २०१९ का दिन पुल्चोक क्याम्पस, पुल्चोकको खेल मैदानमा आयोजना गरिने भएकोले सम्बन्धित सबै विद्यार्थीहरुको जानकारीका लागि त्रिविले सूचना प्रकाशित गरिएको छ ।

समारोहमा सहभागी हुने विद्यार्थीहरुले आ–आफ्नो गाउन–स्कार्फ–टोपी पहिरी विहान १०ः०० बजेभित्र समारोह स्थलमा प्रवेश गर्नुपर्ने र बसाई व्यवस्थापन अनुसार तोकिएको स्थानमा बसिसक्नु पर्नेछ । विद्यावारिधि दीक्षान्त पदक पुरस्कार प्राप्त गर्नुहुने विद्यार्थीहरु सवभन्दा अगाडी पट्टीको पङ्तिमा आफ्नो नाम तोकिएको सिटमा बस्ने बताइएको छ । यस समारोहसँग सम्बन्धित अन्य विस्तृत कार्यक्रम निम्नानुसार हुनेछ ।

१. गाउन/स्कार्फ/टोपी वितरण :
क. मिति २०७६ साल मंसिर २५ गतेदेखि पौष २ गतेसम्म (बिदाका दिनमा समेत वितरण गरिनेछ) ।
ख. समय : विहान १०ः३० बजेदेखि अपरान्ह ३ः३० बजेसम्म ।
ग. स्थान : त्रि.वि.परीक्षा नियन्त्रण कार्यालय, बल्खु ।
घ. अनिवार्य रुपमा ल्याउनु पर्ने कागजातहरु : दीक्षान्त समारोहमा भाग लिन अनलाइन फर्म भर्दा प्राप्त गरेको गाउन संकलन फर्म ल्याउनु पर्नेछ ।
ङ. समारोहको दिन २०७६÷९÷३ गते गाउन/स्कार्फ/टोपी समारोह स्थलबाट वितरण नगरिने भएकोले उपरोक्त तोकिएको मिति भित्रै गाउनरस्कार्फ÷टोपी अनिवार्य रुपमा लिई सक्नु पर्नेछ ।
२. पोशाक : समारोहमा भाग लिन आउने विद्यार्थीहरुले लगाउनु पर्ने पोशाक निम्नानुसार हुनेछ :
क. छात्रहरुले आफु खुशी पोशाकमा वा कोट, पाइण्ट, टाईमा र त्रि.वि.ले उपलब्ध गराएको गाउन/स्कार्फ/टोपी ।
ख. छात्राहरुले आफु खुशी पोशाक वा साडी, व्लाउजमा र त्रि.वि.ले उपलब्ध गराएको गाउन/स्कार्फ/टोपी ।
३. प्रमाणपत्र वितरण :
क. प्रमाणपत्र वितरण पुल्चोक क्याम्पसको खेल मैदान स्थित प्रमाणपत्र वितरण काउन्टरबाट दीक्षान्त कार्यक्रम समापन भएपछि गरिनेछ ।
ख. प्रमाणपत्र लिनका लागि अनलाइन फर्म भर्दा प्राप्त गरेको समारोह प्रति ९ऋभचझयलथ क्ष्उि० ल्याउनु पर्नेछ ।
ग. दीक्षान्त समारोहमा उपस्थित भएका तर सो दिन प्रमाणपत्र लिन नभ्याएका र भाग लिन आवेदन दिई भाग लिन नसकेका विद्यार्थीहरुले पछि त्रि.वि.परीक्षा नियन्त्रण कार्यालय, प्रमाणपत्र शाखा, बल्खु (कोठा नं.३) बाट प्रमाणपत्र प्राप्त गर्न सक्नेछन् ।
४. गाउन र स्कार्फ/टोपी र धरौटी रकम फिर्ता : (बिदाको दिन बाहेक)
क. गाउनस्कार्फ फिर्ता गरिने मितिः २०७६ पौष ६ गते देखि पौष २१ गतेसम्म ।
ख. त्रि.वि.प.नि.का., बल्खुबाट बिहान १०ः३० बजेदेखि अपरान्ह ३ः३० बजेसम्म गाउन/स्कार्प/टोपी विद्यार्थीबाट लिई धरौटी रकम निजहरुको बैंक खाता मार्फत फिर्ता गरिनेछ ।
ग. अनलाइन फर्म भर्दा प्राप्त गरेको गाउन फिर्ता फर्म सहित गाउन र स्कार्फ/टोपी फिर्ता बुझाए पछि मात्र धरौटी रकम रु.१,२००।– फिर्ता गरिनेछ । गाउन र स्कार्फ/टोपी हराएमा, हानी नोक्सानी भएमा वा तीन मध्ये कुनै एक हराएमा वा फिर्ता नवुझाएमा सो को मूल्य नियमानुसार कट्टा गरिनेछ ।
घ. उपरोक्त मिति भित्र गाउन÷स्कार्फ÷टोपी फिर्ता नगर्ने विद्यार्थीहरुको निम्नानुसार बिलम्ब शुल्क कटाई धरौटी रकम फिर्ता गरिनेछ । साथै फर्म भरेका तर गाउन/स्कार्फ/टोपी नलगेका विद्यार्थीहरुका लागि पनि आप्mनो धरौटी रकम फिर्ता लिन निम्न तोकिए अनुसारकै विलम्व शुल्क लाग्नेछ ।
ङ. धरौटी फिर्ता लिन अनलाइन फर्म भर्दा प्राप्त गरेको गाउन फिर्ता फर्म अनिवार्य रुपमा पेश गर्नु पर्नेछ । अन्यथा रकम फिर्ता गरिने छैन् ।
च. धरौटी फिर्ता लिन आफै उपस्थित हुन नसक्ने अवस्थामा मञ्जुरीनामा सहित रकम लिन आउने व्यक्तिको नागरिकता प्रमाणपत्र वा परिचय पत्रको फोटोकपी पेश गर्नु पर्नेछ ।
छ . बिलम्व शुल्क लिइ गाउन/स्कार्फ/टोपी वापतको धरौटी रकम फिर्ता गर्ने मिति :
विलम्ब शुल्क
२०७६/९/२२ देखि २०७६/९/२५ सम्म रु.२५।–
२०७६/९/२७ देखि २०७६/९/२९ सम्म रु.५०।–
२०७६/१०/२ देखि २०७६/१०/५ सम्म रु.१००।–
२०७६/१०/६ देखि २०७६/११/२२ सम्म रु.३००।–
उक्त तोकिएको मिति भित्रमा पनि धरौटी नलगेमा धरौटी स्वतः ल्याप्स हुनेछ ।

 
 
  
 

You may also like