इडन इङ्ग‌लिस बोर्डिङ स्कूलमा नतिजा प्रकाशन तथा सम्मान समारोह

इडन इङ्गलिस बाेर्डिङ स्कुल बुटबल ११ नहरपुरले नतिजा प्रकाशन पुरस्कार वितरण एवं सम्मान समारोह 2080 सम्पन्न गरेकाे छ । । कार्यक्रममा बाेल्दै कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिका शिक्षा शाखा उप निर्देशक टिकाराम पन्थिले विद्यालयलाई उत्कृष्ट नतिजाका साथ राेजगारीमुलक क्षेत्रलाई लत्क्षित गरि संचालन गर्नु निकै राम्रो कुरा रहेकाे बताउनुभयाे । प्याप्सन रुपन्देहीका अध्यक्ष तथा कार्यक्रमका विशिष्ट अतिथि मित्रहरि आचार्यले निजि विद्यालयहरुले शिक्षा क्षेत्रमा निकैनै ठूलाे याेगदान गरेकाे बताउदै अभिभावकहरुले ढुक्क भयर निजि विद्यालयहरुमा आफ्ना छाेराछाेरिलाई पढाउनु पर्ने बताउनुभयाे ।

कार्यक्रममा बाेल्दै कार्यक्रमका विशिष्ट अतिथि तथा बिद्यालयका अध्यक्ष नहकुल शाहि ठकुरिले बुटवल पारिकाे नमुना विद्यालय बनाउदै शैक्षिक गुणस्तरमा कुनै कसुर नराखी उत्कृष्ट नतिजा हासिल गरिरहेकाे बताउनु भयाे । कार्यक्रममा अभिभावक संघ रुपन्देहीका अध्यक्ष लाेकनाथ ज्ञवालिले बुटवलमा धेरै निजि विद्यालय भएपनि बुटवल पारिकाे विद्यायमा इडन सधै अगाडि रहेकाे बताउनुभयाे ।

कार्यक्रमको समापन गर्दै विद्यालयका प्राचार्य शिबहरी भट्टराईले पुरस्कृत तथा सम्मानित हुने विद्यार्थीहरुलाई बधाई दिदै सधै शैक्षिक उन्नयनमा लाग्नु पर्ने बताउनुभयाे ।

कार्यक्रम विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख कुशल वस्यालकाे संचालन तथा उप प्राचार्य जगत पैडेलकाे स्वागतमा सम्पन्न भएकाे थियाे । कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।

 
 
  
 

You may also like