सिद्वार्थ गौतम बुद्ध क्याम्पस ३२ बर्षमा प्रवेश, भोलि बार्षिकोत्सव मनाउने

बुटवल। बुटवलको हाटबजार स्थित सिद्वार्थ गौतम बुद्ध क्याम्पस ३२ औं बर्षमा प्रवेश गरेको छ।
क्याम्पसले वार्षिकोत्सबको अवसरमा विभिन्न कार्यक्रम गरेको छ।

सोमबार आयोजित पत्रकारमा वार्षिकोत्सबको अवसरमा सप्ताहब्यापी कार्यक्रम फागुन ३० देखि गरिएको क्याम्पस प्रमुख कृष्ण प्रसाद शर्माले बताए।

उनले पत्रकार सम्मेलनमा बोल्दै सप्ताहव्यापी कार्यक्रम सम्पन्न भइसकेको र मंगलबार बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयको प्रमुख आर्थित्यतामा विशेष कार्यक्रमको आयोजना गरि वार्षिकोत्सवको मनाइने बताए ।

क्याम्पसले वार्षिकोत्सवको अवसरमा मंगलबार पुस्तकालय भवनको उद्ध्घाटन, स्व.सूर्यप्रसाद प्रधान स्मृति सभाहलको नामाकरण र पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको छ । पत्रकार सम्मेलनमा बोल्दै क्याम्पस प्रमुख शर्माले आफु १२ औँ क्याम्पस प्रमुखको रुपमा आफुले नेतृत्व गरिरहेको उत्कृष्ट सामुदायिक क्याम्पस बनाउने गरी आफु लागि रहेको बताए । पछिल्लो समय विद्यार्थीहरु विदेशीने क्रम बढ्दा विद्यार्थीहरुको संख्यामा कमी आएको बताउँदै बताउँदै यसलाई राज्यले रोक्नु पर्ने बताए । 

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष निर्मलप्रसाद लाकौलले क्याम्पसलाई अहिले भएको १० कठ्ठा जग्गा अभाव भएको बताउँदै बुटवल १२ मा जग्गा किन्नको लागि पहल भइरहेको जानकारी दिए । अक्षयकोषको स्थापना गरी विपन्न घर परिवारका विद्यार्थीलाई सोही छात्रावृत्तिबाट पढाउने योजना रहेको उनले बताए ।

क्याम्पसले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत फागुन ३१ गते वक्तृत्वकला र बास्केटबल प्रतियोगिता, चैत्र १ गते हाजिरि जवाफ, चैत्र २ गते कुर्सी दौड, चैत्र १ र २ गते छात्र क्रिकेट र छात्रछात्रा भलिबल प्रतियोगिता, चैत्र ४ गते स्पिलिङ्ग कन्टेस्ट (हिज्जे) र चैत्र ५ गते रक्तदान कार्यक्रम पनि भएको सहायक क्याम्पस प्रमुख कृष्ण खनालले बताए ।  रक्तदान कार्यक्रममा ५१ युनिट रगत संकलन भएको सहायक क्याम्पस प्रमुख खनालले बताए ।

२०४८ सालमा स्थापना भएको क्याम्पसमा हाल स्नातक र  मास्टर्स गरी १२८० र ११, १२ मा ४३५ विद्यार्थीहरु कुल १७७५ विद्यार्थी रहेका छन् भने ४४ जना प्रध्यापक र १४ जना कर्मचारी कार्यरत रहेका छन् । 

यसअघिका नतिजामा सर्बोत्कृष्ट नतिजा ल्याएर नेपालमा टप समेत गरेको सिद्धार्थ गौतमबुद्ध क्याम्पसमा हाल एमबिएस एमएड बिबिएस बिएड तथा कक्षा ११ र १२ मा म्यानेजमेन्ट,एजुकेशन र हुमानिटिज स‌कायमा अध्ययन अध्यायपन हुँदै आएको छ । 

 
 
  
 

You may also like