दिने राष्ट्रिय सम्मेलन गर्दैै युवा उद्यमी मन्च

रुपन्देही २२ , साउन। युवाहरुलाई स्वदेशम नै स्वरोजगार बनाउने उद्येश्यका साथ स्थापना भएको नेपाली युवा उद्यमी मंचको रुपन्देहीमा दुई दिने राष्ट्रिय नेतृत्व सम्मेलन हुने भएको छ ।

नेपाली युवा उद्य२२ साउनमी मन्च रुपन्देहीको आयोजना हुने कार्यक्रममा देशभरका युवा उद्यमीहरुलाई जमघट गराएर एक आपसमा उद्यमशिलता र नेतृत्वका विषयमा छलफल हुने छ ।

नेपाली युवा उद्यमी मंच रुपन्देहीका अध्यक्ष कशौधनले कार्यक्रमको तयारी पुरा भएको बुधबार बुटवलमा पत्रकार सम्मेलनमा बताए । साउन २३ र २४ गते दुई दिन हुने कार्यक्रममा देशभरका युवा उद्यमीहरु भेला हुने उनले बताए ।

कार्यक्रममा सिल्भिर माउण्टेन एण्ड हस्पिटालिटिका शमिर थापा, सिएन आईका निर्वतमान अध्यक्ष हरिभक्त शर्मा प्रमुख बक्ताहरु भएको उनले बताए । नेपाली युवा उद्यमी मंचले आफनो वार्षिक कार्ययोजना अनुरुप दुई दिने राष्ट्रिय नेतृत्व सम्मेलन सम्पन्न गर्न लागेको उनले बताए ।

राष्ट्रिय गर्भनिङ काउन्सिलका अध्यक्ष निकोलस पाण्डेले युवा उद्यमीहरुको यो संस्था पुरानो भएको बताए । नेपाल अधिराज्यका ७ च्याप्टरबाट ७० जना युवा उद्यमीहरु गोष्ठी र तालिमहरु सहभागि हुने छन । काठमाण्डौ, पोखरा, बिराटनगर, चितवन, सुनसरी, कैलाली, रुपन्देही गरि ७ च्याप्टरमा ४ सय ५० बढी युवा उद्यमीहरु रहेका छन ।

कार्यक्रयमा राष्ट्रिय गर्भनिङ काउन्सिलका पदाधिकारीहरुका सहभागिता रहने छ । मन्चका निवर्तमान अध्यक्ष अजय श्रेष्ठले स्वदेशमा युवाहरुलाई रोकेर स्वरोजगार बनाउने लक्ष्यसहित मन्चको स्थापना भएको बताए । संस्थाले स्वरोजगारका विभिन्न कार्यक्रमहरु गर्दै आएको उनले बताए ।

रोजगार सम्मेलन गरि रोजगारको अवस्था सृजना गर्न आफुहरु सफल भएको उनले दाबी गरे । युवालाई उद्यममा लाग्न बाटो देखाउने काम गरेको उनले बताए ।

 

 
 
  
 

You may also like