संसारको तेस्रो ठूलो धर्म ‘हिन्दू’ शब्द कहाँबाट आयो ? [रोचक तथ्यसहित]

by समतल अनलाइन

कुनै धर्मको परिभाषा के हुन सक्छ ? धर्म मान्ने व्यक्तिहरूले दैनिक रूपमा पालना गर्ने रितिरिवाज कहाँबाट आउँछ ? यदि हिन्दू धर्मको विषयमा जान्ने हो भने हामीले थाहा पाउनुपर्ने धेरै तथ्यहरू छन्, जुन हामीलाई थाहा नहुन सक्छ । हिन्दू धर्मको संस्थापक कोही पनि होइन । संसारको सबैभन्दा पुरानो धर्मको कोही संस्थापन नहुनु आश्चर्यको विषय हो ।

हिन्दू धर्ममा बाँच्ने तरिका

जसरी इस्लाम धर्मका प्रवर्तक मोहम्मद हुन्, इसाई धर्मका प्रवर्तक जिसस क्राइस्ट हुन् त्यसैगरी हिन्दू धर्मको कुनै एक जना प्रवर्तक होइनन । हिन्दू धर्मका बारेमा के मान्यता छ भने धेरै वर्ष पहिला केही ऋषिमुनीहरूले जीवन जिउने तरिका खोज गरे । उनीहरूले त्यो तरिका प्रचार गरे र कालान्तरमा त्यही हिन्दू धर्म बन्यो । त्यसैलाई सनातन धर्म भन्न थालियो ।

 

कहाँबाट शुरुवात भयो ?

हिन्दू धर्म इसापूर्व १५ सय देखि २ हजार वर्षपहिले शुरू भएको मानिन्छ । त्यससमय हिन्दू धर्मको एकजना मात्र होइन विश्वभर सयौं प्रचारक थिए । कतिपयले हिन्दू धर्म ५ हजार इसापूर्व स्थापना भएको मान्ने गर्छन् । त्यस समय हाल पाकिस्तानमा पर्ने सिन्धू नदीको वरिपरी रहनेहरूले मान्ने धर्मलाई कालान्तरमा हिन्दू धर्म भन्न शुरू गरिएको कथ्य पनि छ । उनीहरूले प्रकृतिमा भेटिएका प्रत्येक चीजलाई पूजा गर्ने गर्दथे ।

हिन्दू शब्द कहाँबाट आयो ?

धर्मका बारेमा खोजकर्ता गाविन फ्लोडका अनुसार हिन्दू शब्द नेपाल या भारतबाट शुरू भएको नभई फारसी या पर्सियाबाट आएको हो । यो शब्द सिन्धू नदीको आसपास रहनेहरूले प्रयोग गर्ने गर्दथे । विशेष गरेर छैठौं शताब्दीमा राजा दारियासको लेखमा हिन्दू शब्द प्रयोग भएको पाइन्छ ।

हिन्दू शब्द त्यतिबेला भूगोललाई जनाउने हिसाबले प्रयोग गर्ने गरिन्थ्यो । हिन्दू शब्दलाई धर्मको रूपमा चौधौं शताब्दीमा लेखिएको एक फारसी दस्तावेजमा पाइन्छ, जसलाई फुतुह सलातीनले लेखेका थिए । यो बाहेक सातौँ शताब्दीमा सुआन्जाङले लेखेको एक चिनियाँ दस्तावेजमा पनि हिन्दूलाई धर्मको रूपमा लिने गरिएको तथ्य उल्लेख छ ।

भारतको सर्वोच्च अदालतले भन्यो – हिन्दू धर्म नभएर जीवन जिउने तरिका हो

भारतको सर्वोच्च अदालतले सन् १९९५ को एक फैसलामा हिन्दू धर्म कुनै धर्म नभएर जीवन जिउने तरिका भएको फैसला गरेको थियो । त्यसपछि पनि देखिएका कैयौं धर्मसम्बन्धी विवादमा भारतका अन्य अदालतले पनि हिन्दू धर्मलाई धर्मको रूपमा नलिएर हिन्दू, हिन्दूत्व, हिन्दूइज्म आदि शब्दलाई धेरैपटक जीवन जिउने शैली भनी व्याख्या गरेको छ । अक्सर हिन्दूत्वलाई हिन्दू धर्मको कट्टर अंग मानिने गरेको छ, तर भारतको अदालतले अर्कै व्याख्या गरिदिएको छ ।

नास्तिकता पनि हिन्दूकै एक अंग

हिन्दू धर्मको एउटा अचम्मको मान्यता के छ भने नास्तिकता पनि हिन्दू धर्मकै अंग रहेको मानिन्छ । धर्मले नास्तिकहरूले कसरी भगवान मान्छ भनी व्याख्या गरेको छ । नास्तिकहरू (जसले भगवान मान्दैनन)लाई अद्वैतवाद या एकेश्वरवाद अर्थात् मात्र एक भगवान, बहुभगवान या अनेक भगवानलाई मान्नेहरू भित्र पर्छन ।

हिन्दू धर्म नै यस्तो धर्म हो जसमा तीनवटा कुराहरू सामेल छन् । पहिलो ३३ करोड भगवान मान्ने पनि यहीं छन्, दोस्रो ब्रम्हा मात्र मान्ने पनि यहीं छन् र तेस्रो नास्तिक पनि यहीं छन् जसले भगवान मान्दैनन् तर आत्मा रहेको कुरा स्वीकार्छन ।

जति मान्छे उति रिवाज !

हिन्दू धर्म मान्नेहरूको फरक फरक रिवाज छ । जति जाति छन् उनीहरूले आफ्नै तरिकाले धर्म मान्ने गर्छन । हिन्दू धर्म संसारको एउटा मात्र त्यस्तो धर्म हो, जहाँ धेरै विभाजन छ ।

कण-कणमा भगवान

हिन्दू धर्ममा मूर्तिमा मात्र होइन कण-कणमा भगवान रहेको विश्वास गरिन्छ । प्रकृतिमा भएका प्रत्येक चीजहरू हिन्दू धर्ममा पूजनीय हुन्छन् । फूल, रूख, ढुंगा, नदी, माछा या कुनै पनि प्राकृतिक चीजहरूको पूजा गर्ने संसारको एकमात्र धर्म हिन्दू धर्म हो । हिन्दू धर्मले आफ्नो सुविधाको हिसाबले भगवान चुन्ने मौका दिएको छ ।

संसारको तेस्रो ठूलो धर्म

हिन्दू धर्म संसारको तेस्रो ठूलो धर्म हो । क्रिश्चियन र इस्लामपछि यो धर्म मान्नेको संख्या धेरै छ । ९५ प्रतिशत हिन्दूहरू भारतीय उपमहाद्वीपमा बसोबास गर्छन ।

 
 
  
 

You may also like