प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, आइसीयूभित्रै हिँडडुल

by समतल अनलाइन

काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ । एपेन्डिसाइटिसको अप्रेसन गरेको पाँचौं दिन अपेक्षित गतिमै सुधार आएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन् ।

प्रधानमन्त्रीले आज(शनिवार) ठोस खानेकुरा खाएको र आइसीयूभित्रै सामान्य हिँडडुल गरेको थापाले जनाए । सघन उपचार कक्षमा भएका कारण प्रधानमन्त्रीको भेटघाटलाई भने नियन्त्रित रहेको थापाले जनाए ।

यसैबीच प्रधानमन्त्री ओलीको आज पुन मिर्गौलाको डायलाइसिस गरिएको अस्पताल श्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीको मंगलबार मनमोहन कार्डियोथारासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो ।

 
 
  
 

You may also like