बुबाआमाको काख र ढिडोको छाकको मान राख्नुपर्छ ; मोटरसाइकल वर्कसप सञ्चालक पाण्डे

by समतल अनलाइन

शिब अधिकारी
सैनामैना । भारतमा सिकेको सिपलाइ प्रयोग गर्दै स्वदेशमा नै केही गर्नुपर्छ भन्ने भन्ने उद्देश्य राखेका गुुरु प्रसाद पाण्डे हाल आफ्नै मोटरसाइकल वोर्क सपमा ब्यस्त देखिन्छन् ।


रुपन्देहीको सैनामैनामा विगत तीन बर्ष देखि गुरु कृपा मोटरसाइकल वोर्क सप सञ्चालन गर्दै आएका पाण्डेले मासिक ३० हजार आम्दानी गर्दै आएका छन् । भारतमा चार बर्ष मोटरसाइकल सम्बन्धि काम गरेका गुरुले पहिले देखिनै भारतमा सिकेको सिपलाई आफ्नै देशमा सदुपयोग गर्ने उद्देश्य राखेको बताउँछन् ।

 

सुरुमा वोर्क सप सञ्चालन गर्न चार लाख लगानी लगाएका उनले हाल आफ्नो मोटरसाइकल वोर्क सप बाट तीन जनाको परिवार पालेको बताए । उनी आफ्ना तीन जना परिवार मात्र होइन कि अन्य तीन घरको पनि चुलो बाल्ने श्रोत बनेका छन् । हाल उनको वोर्क सपमा ३ जना कर्मचारी कार्यरत छन् । वर्क सप सञ्चालन गरेको तीन बर्षमै धेरैलाई मोटरसाइकल मर्मत सम्बन्धि पेशामा दक्ष बनाईसकेको उनी बताउँछन् । पाण्डेको परिवारमा उनी , उनका बुबा र आमा रहेको बताउँदै बुबाआमाको काख र ढिडोको छाकको मान राख्नुपर्ने कुरा समतल अनलाइन मिडियासँगको कुराकानीमा उनलेे बताए ।

 

“माषिक पाँच हजार तलबमा ३ जना लाई रोजगार दिएको छु ।” भन्दै देशमा रोजगार छैन भन्दै बिदेशीने नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई देशको जुनसुकै ठाँउमा ढकढक्यायो त्यही अबसर छन् सदुपयोग गर्नुस् स्वदेशमै बसेर करोडपति बन्न सकिन्छ उनले भने । बिदेशीने युवा पिढीलाई आफुले पनि भारतमा सिकेको सिपलाई स्वदेशमा प्रयोग गरेको भन्दै बिदेश जानुस तर बिदेशमा सिकेको सिपलाई स्वदेशमा प्रयोग गर्न पाण्डेले आग्रह समेत गरे ।

मासिक आठ हजार सटर भाडामा तिर्दै सेवाग्राहीलाई सेवा दिदैँ आएका गुरुले हाल मोटरसाइकल तथा स्कुटर सम्बन्धि सम्पूर्ण समस्याको समाधान गर्दै आएका छन् ।

 
 
  
 

You may also like