आठ किलो सुनसहित विमानस्थलबाट दुई जना विदेशी नागरिक पक्राउ

by समतल अनलाइन

काठमाडौं।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो अवैध सुनसहित प्रहरीले दुई जना विदेशी नागरिकलाई पक्राउ गरेको छ। हङकङबाट नेपाल एयरलाइन्सको आरए ४१० विमानमार्फत् नेपाल आएका दुई जना चिनियाँ नागरिकलाई विमानस्थल भन्सारमा चेकजाँचको क्रममा पक्राउ गरिएको डिएसपी दिपक खड्काले जानकारी दिए।

नागरिक दैनिकमा लेखिएको छ- उनकाअनुसार पक्राउ परेका दुबै जना चिनियाँ नागरिक हुन्। राति ११ बजे चेकजाँचका क्रममा दुई जनाबाट ४/४ किलो सुन बरामद गरिएको उनले बताए। अनुसन्धान जारी रहेकाले उनीहरुको बारेमा थप केही खुलाइएको छैन।

 
 
  
 

You may also like