रुपन्देही डेरी व्यवसायी समितिमा विष्णु प्रसाद पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति चयन

by समतल अनलाइन

रुपन्देही डेरी व्यवसायी समितिको १६औँ वार्षिक साधारण सभा तथा ७औँ अधिवेशनले विष्णु प्रसाद पाण्डेको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ।

नवगठित कार्यसमितिमा उपाध्यक्षमा जीवलाल न्यौपाने, सचिवमा याम प्रसाद शर्मा, कोषाध्यक्षमा कमल काफ्ले, र सहसचिवमा गोपाल नेपाल निर्विरोध निर्वाचित भएका छन्।

सदस्यहरूमा गोबिन्द गुरुङ, मिना कडेंल, रमा ज्ञवाली, मदन काफ्ले, जगदीश गहिरे, र लेखनाथ बेलबासे चयन भएका छन्। यस्तै, लेखा संयोजकमा कृष्णप्रसाद उपाध्याय र सदस्यहरूमा हरि न्यौपाने तथा सन्देश चापागाईं निर्वाचित भएका छन्।

नयाँ नेतृत्वले डेरी व्यवसायीहरूको हित, व्यवसायको गुणस्तर सुधार, र उपभोक्ता अधिकार सुनिश्चितताका लागि प्रभावकारी कदम चाल्ने प्रतिबद्धता जनाएको छ।

 
 
  
 

You may also like