लुम्बिनी फ्रेन्डस सर्कलको प्रथम अधिबेशन सम्पन्न, अध्यक्षमा पदम न्यौपाने चयन

by समतल अनलाइन

तिलोत्तमा।‘आफु भन्दा कम भाग्यशालीको सेवा गरौ’ भन्ने मुल नाराका साथ स्थापना गरिएको संस्था लुम्बिनी फ्रेन्डस सर्कलको प्रथम अधिवेशन सम्पन्न भएको छ ।विशेषगरी शिक्षा, स्वास्थ्य, कृषि र सामाजिक विकासको लागी साथै गाँस, बास, कपास जस्ता मानिसको मौलिक र नैसर्गिक अधिकारको प्राप्त गर्नका लागी प्रत्यक्ष या अप्रत्यक्ष रुपमा सहयोग पुर्‍याउने उद्देश्यका साथ स्थापित संस्था लुम्बिनी फ्रेन्डस सर्कलले आफ्नो दुई बर्षिय कार्यकाल पुर्ण रुपमा सफल बनाई संस्थाको प्रथम अधिबेशन सम्पन्न गरेको हो ।

सर्कलका अध्यक्ष पदम न्यौपानेको अध्यक्षता तथा लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री धनेन्द्र कार्कीको प्रमुख आतिथ्यतामा तिलोत्तमाको एसआर होटलमा सम्पन्न अधिवेशनमा यस क्षेत्रका विभिन्न युवा, समाजसेवी तथा बुद्धिजीवीहरु लगायतको उपस्थिति रहेको थियो।

सो अवसरमा बोल्दै मन्त्री कार्कीले युवाहरुले आफ्नो पेशा अंगाल्दै सामाजिक सेवाप्रति देखाएको लगावले समाज परिबर्तान्मा सहयोग पुग्ने बताउनुभयो। उहाँले आजको युवा राजनीतिक नेत्रृत्व र सामाजिक बिकासको साझेदार भएकाले युवाहरु समाजमा एकजुट भए जस्तो सुकै बिकास निर्माणका काम गर्न सकिने समेत बताउनुभयो।

कार्यक्रमममा सचिव अर्जुन खनालले प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो भने अध्यक्ष पदम न्यौपानेले बार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो।अघिल्लो कार्यकालको आय व्यय कोषाध्यक्ष बिपिन भण्डारीले संस्थामा आर्थिक चलायमान गराउन आफुहरु लागिपरेको र सामाजिक सेवामा अग्रसर भएको उल्लेख गर्नुभयो। सो अवसरमा उपस्थित महानुभावलाई स्वागत गर्दै सर्कलका सल्लाहकार टीआर कंडेलले युवाहरुको सहभागितामा समाज सेवामा अग्रसर भै नेपालमा भएका कैयौ बिपदका बेला सहयोगी भएर काम गरेको बताउनु भयो।

अधिबेशनले आगामी कार्यकालको लागि पुन : पदम न्यौपानेको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। जसको उपाध्यक्षमा महेन्द्र जंग कुँवर, सचिव अर्जुन खनाल, सह सचिवमा बिशाल भण्डारी, कोषाध्यक्षमा कमल श्रेष्ठ र सदस्यहरुमा राम प्रसाद भण्डारी,बिष्णु प्रसाद पन्त, सुवास भण्डारी,राजेश ओझा, बिबेक भण्डारी,सुदन ज्ञवाली रहेका छन्। आगामी दिनमा लुम्बिनी फ्रेन्डस सर्कललाई हरेक पालिका पालिका र जिल्ला हरुमा सविस्तार गर्दै लैजाने सर्कलका अध्यक्ष पदम न्यौपाने बताउनुभएको छ। सो अवसरमा गत कार्यसमितिमा सहयोग गर्ने सबै युवाहरुलाई सम्मान पत्र द्वारा सम्मान गरिएको थियो।

 
 
  
 

You may also like