बम्घा बचत तथा ऋण समूहको नवौं वार्षिक साधारणसभा तथा वनभोज कार्यक्रम सम्पन्न

by समतल अनलाइन

बुटवल । तिलोत्तमा-१०, तिलोत्तमा पार्कमा बम्घा बचत तथा ऋण समूहले नवौं वार्षिक साधारणसभा तथा वनभोज कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।

कार्यक्रमका अध्यक्ष लक्ष्मण प्रसाद श्रेष्ठले समूहको प्रगति र भावी योजनाबारे धारणा राख्दै भने, “बम्घा बचत ऋण समूहले समुदायको आर्थिक सशक्तिकरण, आपसी सहयोग र सामाजिक विकासमा महत्त्वपूर्ण योगदान गर्दै आएको छ। समूहलाई अझ प्रभावकारी बनाउँदै समाजमा सकारात्मक परिवर्तन ल्याउन हामी प्रतिबद्ध छौं।”

त्यसैगरी, प्रमुख अतिथि तथा संस्थापक अध्यक्ष कृष्ण प्रसाद भण्डारीले समूहको स्थापनाकालदेखि हालसम्मको यात्राबारे चर्चा गर्दै भने, “समूहले सामुदायिक विकास र आर्थिक सहकार्यमा उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ। सदस्यहरूको एकता र सक्रियताका कारण आजको सफलता सम्भव भएको हो। भविष्यमा पनि समूहले समुदायको विकासमा थप महत्त्वपूर्ण भूमिका खेल्नेछ।”

कार्यक्रममा स्वागत मन्तव्य सह-सचिव सरोज ज्ञवालीले राखेका थिए भने वार्षिक प्रतिवेदन कोषाध्यक्ष सुरज पाण्डेले प्रस्तुत गरे। सचिव गोपाल गैरेले कार्यक्रमको सञ्चालन गरेका थिए।

साधारणसभा पश्चात वनभोज कार्यक्रमको आयोजना गरिएको थियो। वनभोजका क्रममा सहभागीहरूले एकआपसमा भेटघाट गर्दै रमाइलो वातावरणमा समय बिताए। वनभोजसँगै घैटो फोर, कुर्सी दौड, र लुडो प्रतियोगिता जस्ता मनोरञ्जनात्मक गतिविधिहरू पनि आयोजना गरिएको थियो।

 
 
  
 

You may also like