सरकारले किलोमै ६ रुपैंयाँले बढायाे नुनको भाउ

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नुनको भाउ बढाएको छ । मंगलबार बसेको साल्ट ट्रेडिङ सञ्चालक समितिको बैठकले नुनको मूल्य बढाउने गर्ने निर्णय गरेको नायब प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीले बताएका छन् । बढेको मूल्य आजै मध्यरातिदेखि लागू हुनेछ ।

यसअघि २० रुपैयाँ रहेको आयो नुनको उपभोक्ता मूल्य अब २६ रुपैयाँ प्रतिकेजी पुर्‍याइएको छ । थोक मूल्य प्रतिकिलो रहेको आयो नुनको अब थोक बिक्री मूल्य २३ रुपैयाँ पुर्‍याइएको छ । न्यु शक्ति नुनको भाउ किलोको थोकमा १७ र उपभोक्ता मूल्य २० रुपैयाँ पुगेको छ । भानु नुन किलो ९ रुपैयाँ पुगेको छ ।

राजभण्डारीका अनुसार मूल्य बढे पनि कम्पनीलाई भने अझै पनि घाटा छ । यसअघि २८ रुपैयाँ प्रतिकिलो लागतको नुनलाई कम्पनीले १८.५० रुपैयाँमा बेचिरहेको थियो । अब भने थोक बिक्रीमा २३ रुपैयाँ तोकिएको छ । यस अवस्थामा पनि कम्पनीलाई प्रतिकिलो ५ रुपैयाँ घाटा हुने उनले जानकारी दिए । सरकारले जनतालाई दिएको सेवा भएका कारण नुनमा नाफा नखोजिएको उनको भनाइ छ । तर, यसमा बिस्तारै मूल्य समायोजन गर्दै घाटा चाहिँ नहुने अवस्थामा जाने योजना रहेको उनले बताए ।
हेर्नुस् विज्ञप्ति

 
 
  
 

You may also like