बुटवलको नीति तथा कार्यक्रम सार्वजनिक,शिक्षा स्वास्थ्य र सीप तथा रोजगारको क्षेत्रलाई मूख्य प्राथमिकता

बुटवल । बुटवल उपमहानगरपालिकाले शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारीलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम ल्याएको छ ।
बुधबार नगरसभाको १५औ अधिवेशनमा नगर प्रमुख खेलराजपाण्डेयले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बुटवललाई स्वच्छ, सफा, हरियाली युक्त पर्यावरणको विकास गरी बस्नयोग्य सहर बनाउने मूलध्येय रहेको बताए । उनले बुटवललाई सबै जातजातिले अपनत्व गर्न सक्ने साझा सांस्कृतिक सहरका रुपमा स्थापितगर्ने र पर्यटकीय विश्राम स्थल बनाउने गरी आवश्यक नीति अगाडि सारिएको बताए ।

नीति तथा कार्यक्रम मार्फत बुटवलले शिक्षा, स्वास्थ्य र सीपतथा रोजगारको क्षेत्रलाई मूख्य प्राथमिकतामा राख्दै कृषि, पर्यटन, उद्योग, व्यापारजस्ता क्षेत्रको समुन्नतिमा जोड दिने मूल रणनीतिको रुपमाअगाडि सारेको छ ।

यस्तै, उज्यालो, सफा, सुन्दर र हरियालीसहितको सुरक्षित र समुन्नतशहरको रुपमाविकास गर्ने, सूचनातथा सञ्चार प्रविधिको उच्चतमउपयोग गरी शहरलाई जीवन्तबनाउने, सेवाप्रवाहलाई जनउत्तरदायी, पारदर्शी र सुशासनयुक्तबनाउने र मौलिकभाषा, संस्कृति र सम्पदाको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्ने बुटवलमामूल रणनीतिहुन् ।

बुटवलले माध्यमिकतहकाप्रधानाध्यापकहरुको हरेक ३–३ वर्षमाआन्तरिक सरुवागर्ने, विद्यालयहरुलाई समानतहको स्तरमा पु¥याउनअन्तरविद्यालयअनुभवआदानप्रदानगर्ने, प्रधानाध्यापक र व्यवस्थापन समितिबीचनियमितछलफल सञ्चालनगर्ने नीतिअगाडि सारेको छ ।
यस्तै, ‘छोरी पढाऔं समाजबनाऔं’कार्यक्रमअन्तरगतबुटवल टेक्निकलइन्स्टिच्युटमाछात्राहरुलाई निःशुल्कअध्ययनको व्यवस्थामिलाउने, असहाय र विपन्नवर्गलाई विद्यालयमानियमितगर्न नगरप्रमुख शैक्षिक सुधार कोष स्थापनागर्ने नीतिबुटवलले अगाडि सारेको छ ।
प्राविधिकजनशक्तिउत्पादनगर्ने संस्थाबुटवल टेक्निकलइस्टिच्युटआर्थिक संकटमा रहेकाले आवश्यककानुननिर्माण गरी उपमहानगरपालिकाको मातहतमाल्याउने, अटो भिलेजमाअटो इन्जिनियरिङ कलेज सञ्चालनगर्ने र आम्दामापारामेडिकलअध्ययनलाई थपव्यवस्थितबनाउने नीतिअगाडि सारेको प्रमुखपाण्डेयले बताए ।
विद्यालयखाजाकार्यक्रममा १० रुपैयाँथप गरी २५ रुपैयाँबनाउने नीतिलिएको बुटवलले निजीविद्यालयहरुले सबै कक्षामा १० प्रतिशतछात्रवृत्तिउपलब्धगराउनुपर्ने र हरेक शैक्षिक सत्रको अन्तमाविवरणसार्वजनिकगर्न अनिवार्य गरेको छ ।

विद्यार्थीहरुलाई पाठ्यसामग्रीमाथिको बोझकमगर्न हरेक शुक्रबार अतिरिक्तक्रियाकलापतथासिर्जनशीलकार्यक्रमकामाध्यमबाटसंस्कार, संस्कृति, सीपतथानैतिकशिक्षा, खेलकुद, विज्ञानप्रविधि, पर्यटनजस्ताविषयहरुप्रतिआकर्षणबढाउने नीतिबुटवलले लिएको छ ।
स्वास्थ्यतर्फ बुटवलले २ वटा अस्पताल सञ्चालनगर्ने, हरेक ४–४ महिनामा जेष्ठनागरिकको स्वास्थ्य परीक्षणशिविरकालागिबाआमासँगनगरप्रमुखकार्यक्रम सञ्चालनगर्ने, महिलाहरुको पाठेघर, स्तनक्यान्सर, भिडियो एक्सरे तथाअन्य स्वास्थ्य परीक्षणकालागिशिविरहरुसञ्चालनगर्ने नीतिअगाडि सारेको छ ।
बुटवलले यसअघिदेखि उपलब्ध गराउँदै आएको विपन्नवर्गलाई जटिल रोग उपचारमाजनही १७हजार, एचआइभी संक्रमितबालबालिकालाई मासिक ३ हजार र सुत्केरी पोषणखर्चवापत् २ हजार रुपैयाँदिने कार्यक्रमलाई निरन्तरतादिएको छ ।

नीतितथाकार्यक्रम प्रस्तुतगर्दै नगर प्रमुखपाण्डेयले सार्वजनिकनिजी साझेदारीमाबुटवल ११ मा १ सय बेडको सुविधासम्पन्न अस्पताल सञ्चालनगर्ने नीतिअगाडि सारेको बताए ।

मुख्य राजमार्ग क्षेत्रमाअव्यवस्थित रुपमा सञ्चालनभएका ठेला, गाडी, साइकल, पोका, डोका र झोलाजस्ता सानाखुद्राव्यवसायीलाई करको दायरमाल्याई रात्रीकालीनबजार क्षेत्रमा सञ्चालनगर्ने नीतितथाकार्यक्रममाउल्लेख छ ।

लुम्बिनी बस टर्मिनललाई ्यात्रु सेवामैत्रीबनाउनविद्युत, शुद्धखानेपानी, व्यवस्थितखाजा घर, सफाशौचालय र स्नानघर, निःशुल्कवाईफाई, सुरक्षितविश्रामस्थलनिर्माण गरी सुविधासम्पन्नबसपार्क बनाउने नीतिबुटवलले लिएको छ ।
मुख्य राजमार्गक्षेत्र र चोकहरुमा स–सानापार्क, विश्रामचौतारी, सार्वजनिकशौचालय, पिउने पानीको व्यवस्थाथप गरी आवश्यकताअनुसार पार्किङ क्षेत्रहरु तोक्ने नीतितथाकार्यक्रममाउल्लेख छ ।

बुटवलऔद्योगिक क्षेत्र, अटो भिलेज र अन्य क्षेत्रमा सञ्चालनमा रहेकाउद्योग व्यवसायहरूलाई नगरमाअनिवार्य रुपमादर्ता गरी करको दायरामाल्याउने र राजस्व वृद्धिकालागि स्पेशलटास्कफोर्स सञ्चालनगर्ने नीतिबुटवलले अगाडि सारेको छ ।

लामो समयदेखि फस्र्यौट नभएको बेरुजु, असुली र अनियमितखर्चलाई कानुनबमोजिमफस्र्यौट गर्दै आर्थिक पारदर्शितालाई सबल बनाउनआन्तरिक लेखा परीक्षणमाविशेष जनशक्ति परिचालनगर्ने नीतिअबलम्बनगर्ने प्रमुखपाण्डेयले बताए ।

आधुनिकपशु बधशालाको मासु उपभोग तथाबिक्रीगर्ने मासु पसल, होटल, रेष्टुरेण्ट र अन्यव्यवसायलाई प्रोत्साहनको नीतिलिने र पशु बधशालाभन्दाबाहिर खसीबोका बध गर्ने कार्यलाई कानुनबमोजिम रोक लगाउने नीतितथाकार्यक्रममाउल्लेख छ । पशु बधशालाको सेवाविस्तार तथा सेवाप्रवद्र्धनकालागिविपन्नवर्गकाव्यवसायीलाई स्वच्छमासु बिक्री केन्द्र स्थापनाकालागिअनुदानउपलब्ध गराउने भनिएको छ ।
यस्तै, विद्यालयस्तरीय मेयर कपफुटबलप्रतियोगिताकार्यक्रमलाई नगरकै प्रमुख खेलका रुपमासञ्चालनगर्ने र प्रशिक्षक, रेफ्री, अम्पायर उत्पादनकालागिविशेष कार्यक्रमहरु सञ्चालनगर्ने प्रमुखपाण्डेयले बताए ।

गृहिणीमहिलाहरुलाईस्वरोजगार बनाउननगरप्रमुख गृहिणीमहिला रोजगार कार्यक्रमअन्तरगतउत्पादित वस्तुको बिक्रीगर्न कोशेली घर स्थापनागर्ने र नगरको चिनोका रुपमा स्थापितगर्ने नीतितथाकार्यक्रममाउल्लेख गरिएको छ ।

छाडाचौपायाव्यवस्थापनकालागिशिवनगरमा रहेको गौशालालाई थपव्यवस्थितगर्ने र नगरभित्रअर्को गौशाला स्थापनागर्ने तथाप्रदेशभरकाछाडाचौपायाव्यवस्थापनकालागिगाई राष्ट्रियनिकुञ्ज स्थापनामापहलगर्ने नीतितथाकार्यक्रममाभनिएको छ ।
‘बुटवललाई उत्कृष्टपर्यटकीयविश्रामस्थलका रुपमा स्थापितगर्न कालिकापथ, ट्राफिकचोक, अमरपथ र अन्यआवश्यक स्थानमा रात्रीकालीनबजार सञ्चालनगरिनेछ’–नीतितथाकार्यक्रममाउल्लेख छ–‘रात्रीकालीनबजार सञ्चालनगर्दा स्थानीय परम्परा, संस्कृतिलाई प्राथमिकतादिदै आन्तरिक तथाबाह्यपर्यटनप्रवद्र्धन गर्न प्रोत्साहितगरिनेछ ।’
बुटवलभ्रमणवर्ष घोषणा गरी ‘घुमौं बुटवल’अभियान सञ्चालन गरी पर्यटक आगमनलाई वृद्धिगर्ने नीतिअगाडि सारिएको छ ।
बुटवलले सहकारी संस्थाहरुको एकीकृत लगानीमा सस्तो पसल, कृषिउत्पादनबिक्री केन्द्र, कोशेली घर, स्थानीयतथा रैथाने सामग्रीबिक्री केन्द्र, स्वच्छमासु बिक्री केन्द्र र शीतभण्डार गृहहरु सञ्चालनकालागिप्रोत्साहनगर्ने नीतिअगाडि सारेको छ ।

सहकारी ठगीगर्नेहरुलाई नियमन र नियन्त्रणगर्न बुटवलले संघ र प्रदेशमादर्ता भई बुटवलभित्रकार्यालय स्थापनागर्ने सहकारीहरुलाई व्यवस्थित गर्नका लागि अनिवार्य सूचीकृत हुने व्यवस्थागर्दै सहकारी क्षेत्रको बेथिति र ठगी रोक्नका लागि सचेतना कार्यक्रमहरु सञ्चालन गर्ने नीति ल्याएको छ ।
‘बुटवलउपमहानगरपालिका र आसपासकानगरहरु तिलोत्तमा, तिनाउ, ओमसतिया, सिद्धार्थनगर, देवदह, लुम्बिनी सांस्कृतिकनगरपालिका तथा अन्य नगर तथागाउँपालिकाहरुसँग समन्वय र सहकार्य गर्दै यस क्षेत्रलाई महानगर र मेगासिटीको रुपमाविकास गर्न आवश्यकआधार तयार गरिनेछ’–नीति तथा कार्यक्रममा उल्लेख छ ।’

 
 
  
 

You may also like