कार दुर्घटनामा ३ जनाको मृत्यु , २ जना घाइते

बुटवल । पाल्पाको नुवाकोट गढीबाट बुटवल जाँदै गरेको कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । बुधबार राति लु २ च ८५३१ नम्बरको कार दुर्घटनामा परेको हो ।

दुर्घटनामा मृत्यु हुनेहरूमा बुटवल उपमहानगरपालिका–१०, का ५५ वर्षीय रामप्रसाद शर्मा, तिलोत्तमा नगरपालिका–३, की ६७ वर्षीया आशा श्रेष्ठ र ५० वर्षीया भगवती श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । कार सडकबाट झण्डै सय मिटर तल खसेको प्रहरीको भनाइ छ ।

तिनाउ गाउँपालिका–२, नुवाकोट पाल्पा पुगेर बुटबल बेलवास झर्ने क्रममा भ्य प्वाइन्ट नजिकै दुर्घटनामा परेको दोभान प्रहरी चौकी पाल्पाले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरू बुटवल मिलनचोककी चन्दा श्रेष्ठ र बुटवल होराइजन चोककी लक्ष्मीता श्रेष्ठको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

 
 
  
 

You may also like