रुपन्देहीमा सबैभन्दा कम बेरुजु आउने पालिका कञ्चन

कन्चन।रुपन्देहीको कञ्चन गाउँपालिकामा सबै भन्दा कम बेरुजु आएको छ । सरकारी कार्यालयको अन्तिम लेखा परिक्षण गर्ने संवैधानिक अंग महालेखा परीक्षक कार्यालयले जेष्ठ १३ गते आ.व २०७९÷०८० को वार्षिक लेखा प्रतिवेदन सार्वजनिक गर्दै रुपन्देहीमा कञ्चन गाउँपालिका पहिलो बेरुजु कम गर्ने पालिका बनेको हो ।

रुपन्देही जिल्लाका १६ वटा स्थानीय तह मध्ये आ.व. २०७९÷०८०मा कुल लेखा रकम परीक्षणको १.२२ प्रतिशत मात्र बेरुजु कायम गरी रुपन्देहीमा कञ्चन गाउँपालिका सबै भन्दा कम बेरुजु ल्याउन सफल भएको हो ।

आ.व २०७९÷०८०को कुल बजेट मध्ये चालु तर्फ ८१.२२ प्रतिशत, पुँजीगत तर्फ ७९.७६ प्रतिशत र कुल खर्च ८०.६८ प्रतिशत भएको छ ।साथै,कञ्चन गाउँपालिकाले विगत आ.व २०७४÷०७५ देखि आ.व २०७८÷०७९ सम्मको बेरुजु रकम मध्ये करिब रु.५करोड रकम समपरिक्षक गर्न सफल भएको कञ्चन गाउँपालिकाका लेखा अधिकृत सन्तोष गैरेले जानकारी दिए ।

महालेखा परिक्षक कार्यालयको ६१आँै वार्षिक प्रतिवेदन २०८१ अनुसार पालिकाले सन्तोषजनक कार्य सम्पादन गरेको कञ्चन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर गौतमले बताएका छन् ।

कानुनको परिधिमा रही कार्य सम्पादन गर्दा रुपन्देहीमा पहिलो बेरुजु कम गर्ने पालिका बनेको भन्दै प्रमुख प्रशासकीय अधिकृत गौतमले योजनाका काम साउन देखि नै सुरु गरिएको उल्लेख गरे ।

विगतका वर्षमा कानुनै नबन्दा काम गर्न असहज भएकाले बेरुजु बढेको र आफुहरुले पदभार समाले संगै कानुन निर्माण गरि कानुनलाई टेकेर काम गर्दा शतप्रतिशत काम उत्कृष्ट बन्न गएको गौतमको दाबी रहेको छ ।

 
 
  
 

You may also like